बैतडी : धनगढीमा जारी दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।समूह ए बाट आज (बिहीवार) डडेल्धुराको आलिताल गाउँपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तिम ४ मा पुगेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।आज सम्पन्न लिग चरणको अन्तिम खेलमा आलितालले पुनर्वासलाई ४ विकेटले हरायो। पुनर्वास आज पराजित भए पनि यसअघिका २ खेल जितेकाले अंकतालिकाको दोस्रो र ३ खेलबाटै २ जित हात पारेको आलिताल नेट रनरेटमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगे। ३ खेलबा