जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ का अध्यक्ष विजय यादव र मुख्य सचिव शम्भु झाले पदबाट राजीनामा दिएका छन्।यादवले पार्टीको एक व्यक्ति एक पद अवधारणाअन्तर्गत प्रदेश अध्यक्ष पदबाट आइतबार राजीनामा दिएका हुन्। यादव पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यसमेत छन्।श्रोतका अनुसार प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री यादवले आइतवार नै पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाएका हुन्। त्यसैगरी जसपाका प्रदेश २ का मुख्यसचिव शम्भु झाले मुख्यसचिव सहित पार्टीको सम्