निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा

सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर  घरमा भित्र्याएका छन् । धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।

सम्बन्धित सामग्री

दाइजो नपुगेको भन्दै बेहुली पक्षलाई धम्काएको आरोपमा विवाहमण्डपबाटै बेहुला पक्राउ

काठमाडौँ – प्रहरीले काठमाडौँको नक्सालमा बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । दाइजो माग्दै बेहुली पक्षलाई धम्क्याएको आरोपमा प्रहरीले बेहुला सुनसरी दुहबी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई मण्डपबाटै पक्राउ गरेको हो । विवाह हुँदै गर्दा बेहुला पक्षले थप पचास लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की […]

बेहुला बन्दा यस्तो देखिए कार्म, रक गायिका हुन् एनी

काठमाडौं । विवाह गरेको एक वर्ष बिते पनि अभिनेता कार्मले गुपचुप राखिरहेका थिए । तर उनको विवाहको तस्वीर बाहिरिएको छ, जहाँ उनी बेहुला लुक्समा देखिएका छन् । तस्वीरमा बेहुली अवतारमा एनी सोफीलाई पनि देख्न सकिन्छ । उनीहरु ‘म्यारिज लुक्स’मा प्रफुल्ल देखिएका छन् । कोरोना महामारीलाई कारण बताउँदै कार्म र एनीले सीमित पाहुनाको उपस्थितिमा विवाह गरेका […]

मोरङमा बेहुली लिन गएका जन्तीमाथि आक्रमण, मोटरसाइकलमा आगजनी

मोरङ – बेहुली लिन हिँडेका जन्तीमाथि मोरङको जहदा गाउँपालिकामा आक्रमण भएको छ। सुनवर्षी नगरपालिका–९ डाइनियाँबाट बुधन मण्डलको घरमा बेहुली लिन हिँडेका बेहुला पक्षमाथि मंगलबार बिहान आक्रमण भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार डाइनियाँबाट बेहुला विक्की सिंह जन्तीसहित जहदा पुग्ने क्रममा बीच बाटो छेकेर आक्रमण हुँदा दुई युवक घाइते भएको र एउटा मोटरसाइकलमा आगजनी भएको […]

मोटरसाइकल दाइजो माग्ने बेहुला प्रहरी नियन्त्रणमा

झापा : झापामा केटी पक्षसँग दाइजोमा मोटरसाइकल माग्ने बेहुलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मेचीनगर नगरपालिका- १५ ज्यामिरगढी निवासी पुष्पलाल राजवंशीकी छोरीको विवाहमा बेहुला झापा गाउँपालिका- ४ निवासी विश्वेश्वर चौधरीका छोरा २८ वर्षीय डेबिट चौधरीले दाइजोमा मोटरसाइकल मागेका थिए।बेहुला पक्षले मोटरसाइकल नदिए विवाह नगर्ने भन्दै मण्डपमै विवाद गरेपछि बेहुली पक्षले बेहुला पक्षलाई विपक्षी बनाएर प्रहरीमा उजुरी दिएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।बिहीबार राति बेहुला पक्ष विवाह गर्न

बेहुली लिन गएका बेहुला हिरासतमा

काठमाडौं । बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्रहरी हिरासतमा पुगेका छन् । घटना झापाको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार हिरासतमा रहेको बेहुला डेभिट चौधरी हुन् । उनी दाइजो स्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले बताए । शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजबंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका […] The post बेहुली लिन गएका बेहुला हिरासतमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

विवाहको जीप दुर्घटनामा बेहुला–बेहुली घाइते, मृतक ८ जनाको सनाखत [नामसहित]

प्यूठानको लुङमा विवाहको जीप दुर्घटना हुँदा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले दुर्घटनाबारे जानकारी दिँदै बेहुला र बेहुली घाइते भएका जनाएको छ । गौमुखी–६ ओखरपाटाबाट बेहुली लिएर फर्कंदै गरेको ग१ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको हो । दुर्घटनाका घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मृतक ८ जना र घाइते ५ जनाको नामावली सार्वजनिक गरेको छ । मृतकको नामावली १.    जि.प्यूठान गौमुखी गा.पा.६ लिवाङ बस्ने वर्ष ३९ ...

विवाह मण्डपमा बेहुलासँग परिक्रमा गरेपछि सुनचाँदी बोकेर बेहुली अर्कैसँग टाप !

विवाह भएकै दिन बेहुली सुनचाँदी बोकेर अर्कैसँग टाप भएको घटना सामान्यतया सुनिँदैन । तर भारतको मध्य प्रदेशस्थित जबलपुरमा यस्तै घटना भएको छ । छिंदवाडा निवासी दशरथ पटेलसँग विवाह गर्दै संगीता अहिरवार ‘रेणु’ले मण्डपमा ७ पल्ट परिक्रमा गरिन् । अदालत परिसरमा भएको धार्मिक कार्यपछि बेहुला–बेहुली विवाह दर्ताका लागि अदालततिर लागे । तर बेहुली रेणु अकस्मात मोटरसाइकलबाट ओर्लिइन् र अर्कै मोटरसाइकलमा चढेर टाप कसिन् । विवाह गर्दा लगाएको सुनचाँदी र नगद पैसा बोकेर रेणु प्रेमीसँग फरार भएकी भारतीय सञ्चारमाध्यमले जन...

जब विवाह समारोहमै युवतीले बेहुला बदलिन्...

तमिलनाडुमा एक दुल्हाले विवाह समारोहमा नाच भइरहँदा आफ्नी दुलहीलाई थप्पड मारे ।  यसले बेहुली निकै दुःखी बनिन् र विवाह नै तोडिदिइन् ।  बेहुला र बेहुली नाचिरहेको समयमा बेहुलाको एक भाइ त्यहाँ पुगेर सँगै नाच्न थाले ।  बेहुला दाइलाई रिस उठ्यो र बेहुलीलाई थप्पड मारे ।  यो घटना कुड्डालोर जिल्लाको पनरुतीको हो । दुलहीले दुलाहासँग विवाह मात्र तोडिनन्, समारोहमा उपस्थित अर्को मानिससँग विवाह समेत गरिन् ।

बालविवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित आमाबुवा पक्राउ

सुनसरी– सुनसरीको इटहरीमा बालविवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पक्राउ गरेर बालविवाह विरुद्धको मुद्दा चलाइएको प्रहरीले जनाएको छ । इटहरी २ स्थित हवाई चौकमा १७ वर्षीया बालिकाको बालविवाह गरेको अभियोगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई पक्राउ गरी मुद्दा चलाइएको सुनसरी प्रहरीले […]

बेहुला बेहुली मोटरसाइकलमै सरर . . .

संखुवासभा : कोरोना त्रास र निषेधाज्ञाका कारण खाँदबारी नगरपालिका –८ मा बेहुलाले मोटरसाइकल चढाएर बेहुलीलाई घरमा भित्र्याएका छन्।धर्मदेवीको आँखीभूईबाट बेहुला बेहुली शनिबार एउटै मोटरसाइकलमा खाँदबारी फर्किएका हुन्। निषेधाज्ञाका कारण तामझाम नगरी बेहुलाले आफैले  मोटरसाइकल चढाएर बेहुलीलाई घरमा भित्र्याएका हुन्।खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले मोटरसाइकल चढाएर बेहुली भित्र्याएका छन्।  सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका छन्। उनले निषेधाज्