अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल दुई हजारदेखि दुई हजार दुई सय जना बिरामी अस्पतालको बहिरङ्ग सेवामा आउने गर्छन्। अस्पतालमा चितवनबाहेक गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, पूर्वी नवलपरासीलगायतका जिल्लाबाट बीमाका बिरामी उपचारका लागि आउने गरेको उनले जानकारी दिए।