निजामती सेवा दिवसमा हुप्सेकोटमा स्वास्थ्य शिविर सुरु

कावासोती । निजामती सेवा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको हुप्सेकोटमा तीन दिने स्वास्थ्य शिविर सुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारी अस्पतालको आयोजनामा सुरु भएको शिविरमा करिब पाँच हजार बिरामीले सेवा लिने जनाइएको छ । शिविरमा निजामती कर्मचारी अस्पताल काठमाडौँ र भरतपुर अस्पताल चितवनका ५० बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले […]

सम्बन्धित सामग्री

होप्सेकोट गाउँपालिका दुई हजार बढी जनताले निःशुल्क स्वास्थ्य सेवा लिए

नवलपरासीको बर्दघाट सुस्ता पूर्वको होप्सेकोट गाउँपालिकाका दुई हजार बढिले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयोजकत्व र निजामती सेवा दिवस २०७९ को अवसरमा (सिभिल) अस्पतालको आयोजनामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट विकट होप्सेकोट पालिका २ हजार १७४ जनाले सेवा लिएका छन् । शिविरबाट महिला १२ सय ७१ र ९ सय ३  जना पुरुषले सेवा लिएको अस्पतालले जनाएको छ ।   सिभिल अस्पतालले तराईको विकट क्षेत्र मानिने होप्सेकोटमा तीन दिने स्वास्थ्य शिविर १० भाद्रबाट सञ्चालन

निजामती सेवा दिवस मनाइँदै

सरकारले १९औँ निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । निजामती सेवा दिवस मनाउने सन्दर्भमा भदौ १० गतेदेखि नै विभिन्न कार्यक्रम गर्न सुरु गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । भदौ २० गते सिंहदरबार परिसरमा रक्तदान तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने, २० गते नै गोकर्णेश्वर नगरपालिकाको जगडोलमा रहेको निजामती पार्कसम्बन्धी कार्यविधिको सरोकारवालालाई जानकारी गराउने, सोही पार्कमा वृक्षरोपण गर्ने, विभिन्न ट्रेड युनियनहरूको समन्वयमा खेलकुद कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय भएका छन् ।

निजामती सेवा दिवस बाढीपीडित केन्द्रीत भएर मनाइने

सामान्य प्रशासन मन्त्रालयले यसवर्ष २३ अौँ निजामती सेवा दिवस बाढीपीडित केन्द्रीत भएर मनाउने निर्णय गरेको छ । अविरल वर्षाका कारण २६ जिल्लामा ठूलो जनधनको क्षति भएकाले हर्षोल्लास भन्दा पनि बाढीपीडितलाई केन्द्रीत गरेर कार्यक्रम गरिने निर्णय भएको मन्त्रायलका उपसचिव सिर्जना तिवारीले जानकारी दिए । उनले बाढीपीडितलाई राहत पुर्‍याउने किसिमले स्वास्थ्य शिविर रक्तदान, वृक्षरोपणजस्ता कार्यक्रम गरिने बताए…