दाङ - दाङमा आजदेखि टिपरका लागि समय तालिका अर्थात् टाइम कार्ड लागू गरिएको छ । बिहान ८ बजेदेखि साढे १० बजेसम्म, दिउँसो ३ बजेदेखि बेलुकी ५ बजेसम्म र राति १० बजेदेखि बिहान ५ बजेसम्म टिपर चल्न पाउने छैनन्।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नियम विपरीत भारवहनको दोब्बर बढी चुनढुङ्गा बोक्ने, तीव्र गतिमा कुदाउने, ट्राफिक नियम पालना नगर्ने जस्ता समस्या बारम्बार देखिने गरेकाले समय तालिका अनुसार टिपर सञ्चालन गर्न लगाउने निर्णय भएको हो ।
टिपर व्यवसायी, उद्योगी व्यवसायी, घोराही उपमहानगर र बङ्गलाचुली गाउँपालिका समेतको समन्व...