काठमाडौं । माघ १० गतेदेखि १६ गतेसम्म सप्ताहव्यापी रुपमा सहिद दिवसका कार्यक्रम सञ्चालन हुने भएका छन् । महानगरको सभा कक्षमा महानगरका प्रमुख तथा सहिद सप्ताह मुल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले सप्ताहव्यापी कार्यक्रम तय गरेको हो ।
जसअनुसार माघ १० गते विहान ०८ः०० बजे टेकु खरिवोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभाबाट कार्यक्रमको थालनी हुनेछ । त्यस्तै माघ १३ गते विहान ०८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते विहान ०८ः०० बजे गंगाल...