पोलार्डले गरे संन्यासको घोषणा

वेस्ट इन्डिजका क्रिकेट कप्तान केइरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । पोलार्डले बुधबार सामाजिक संजालबाट संन्यास घोषणा गरेका हुन् ।

सम्बन्धित सामग्री

दुई लघुवित्तले घोषणा गरे लाभांश

काठमाडौँ,१२ माघ । दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । स्वाभिमान लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद गरी […]

यी हेभिवेट नेता, जसले गरे चुनाव नलड्ने घोषणा

काठमाडौं।प्रतिनिधिसभा चुनावको उम्मेदवार मनोनयनको अघिल्लो दिन सभामुख अग्निप्रसाद सापकोटाले उम्मेदवार नहुने घोषणा गरे।एमालेले काठमाडौं ८ बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधिसभामा उठाउने प्रस्ताव गरेको थियो। तर शाक्य उम्मेदवार बनिनन्। एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले चुनाव लड्न अस्वीकार गरेका छन्। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल एमालेबाट मकवानपुर २ मा उम्मेदवार हुने चर्चा चलेपनि उनले चुनावमा भाग नलिने घोषणा गरेका छन्।

सभामुख सापकोटाले किन गरे चुनाव नलड्ने घोषणा ?

२२ असोज, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयनको अघिल्लो दिन शनिबार सभामुख अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन नै गरी आफू उम्मेदवार नहुने घोषणा गरे । सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस भएका उनले युवा पुस्तालाई नेतृत्वमा ल्याउने भन्दै चुनाव नलड्ने निर्णय गरेको बताए । सापकोटाकै शब्दमा उनले चुनाव लड्न चाहेको भए टिकट […]

बामदेवले गरे नयाँ पार्टी घोषणा

काठमाडौँ । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । गौतमले मङ्गलवार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् ।

प्रधानमन्त्री देउवाले गरे चाँडै चुनाव घोषणा गर्ने संकेत

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै चुनावको मिति घोषणा गर्ने संकेत गरेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै चुनावी तयारीमा लाग्न आग्रह गरे । ‘आगामी वर्ष तीन तहको चुनाव गर्नुपर्ने दायित्व छ,’ देउवाले भने,‘सबैलाई चुनावको तयारीमा लाग्न आग्रह गर्दछु ।’ सरकारमा रहेका दलका शिर्ष नेताहरुबीच चुनावको घोषणा गर्ने छलफल चल्न थाल्दै […]

करण चौधरीले घोषणा गरे नाडाको अध्यक्षमा उम्मेदवारी, को-को छन् प्यानलमा ?

अटो व्यवसायी करण चौधरीले नाडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले बुधवार औपचारिक कार्यक्रममार्फत् प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । ‘नाडाको गरिमा, व्यवसायीको साथ, बलियो संगठन, अटुट विश्वास’ भन्ने नारासहित उनले उम्मेदवारी घोषणा गरे ।  प्यानल घोषणा कार्यक्रममा नाडाका महासचिव सुनिल रिजालले कार्यसमितिको संख्या बढाएर १७ पुर्‍याइएको जानकारी दिए ।  यसअघि कार्यसमिति १४ सदस्य मात्रै रहने गरेका थिए । मंसिर २३ गते नाडाको निर्वाचन हुँदैछ । सदस्यहरूलाई सफल बनाउन काम ग...

भीमसेनदासले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरे

काठमाडौँ– कांग्रेसको वाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार काठमाडौँको शान्ति वाटिकामा घोषणासभा आयोजना गर्दै कांग्रेस नेता भीमसेनदास प्रधानले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरे । आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताउँदै प्रधानले सबै नेताहरूसँग नजिक भएर काम गर्न चाहने मान्छे भएको बताए । उनले तीन तहमा देखिएका […]

घनश्याम भुसालले उपाध्यक्षमा गरे उम्मेदवारी घोषणा

चितवन, ११ मङ्सिर। नेकपा (एमाले)का नेता घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले उम्मेदवारी घोषणा गरेका हुन् । बन्दशत्र शुरू हुनै लाग्दा घनश्याम भुसालले उपाध्यक्षमा गरे उम्मेदवारी घोषणा गरेका हुन्।

स्पेनमा फस्टाउँदो यौन व्यापार, प्रधानमन्त्रीले गरे यस्तो घोषणा

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आइतबार देशमा वेश्यावृत्तिलाई अपराधको श्रेणीमा राख्ने घोषणा गरेका छन् । उनले वेलेन्सियामा आफ्नो सत्तारुढ सोसलिस्ट वर्कर्स पार्टीको तीन दिवसीय सम्मेलनमा बोल्दै वेश्यावृत्तिमाथि रोक लगाउने घोषणा गरे । सान्चेजले वेश्यावृत्तिलाई महिलालाई गुलाम बनाउने प्रथा बताउँदै यसलाई महिलाविरुद्ध हिंसाको सबैभन्दा खराब रुप ठानेका छन् ।अर्बौंको कारोबारःसन् १९९५ मा स्पेनमा वेश्यावृत्तिलाई अपराधको दायराबाट बाहिर निकालिएको थियो । सन् २०१६ मा संयुक्त राष्ट्रको अनुमान अनुसार स

कल्याण गुरुङले गरे सभापतिको उम्मेदवार बन्ने घोषणा

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् । आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौँमा हुने कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरे उनी दोस्रो नेता हुन् । यसअघि उपसभापति विमलेन्द्र निधिले पनि […]