भजनी : कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरूको पीडा निकै मर्मस्पर्शी रहेको छ। महामारीको समयमा सबै जना घरमा सुरक्षित भएर बस्दा सङ्क्रमित हो भन्ने थाहा पाउँदा पाउँदै पनि बिरामीका लागि दौडिरहेका एम्बुलेन्स चालकहरू आफूलाई भन्दा बढी चिन्ता यो समयमा आफ्नो परिवारको रहेको बताउने गर्दछन्।कैलालीको टीकापुरका लोकेन्द्र बहादुर ठकुरी टीकापुर अस्पतालको एम्बुलेन्स चलाउँछन्। त्यो पनि कोरोना सङ्क्रमितलाई बोक्नको लागि मात्रै। सुरुवातका दिनहरुमा निकै अप्ठ्यारो भएको बता