सोलुखुम्बु – सोलुखुम्बुका चार जनप्रतिनिधिलाई जिल्ला आचारसंहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घनबारे परेको उजुरीका आधारमा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पा र उपाध्यक्ष टासी ल्हामु शेर्पालाई समितिले लिखित स्पष्टीकरण सोधेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थुलुङ दुधकोशी गाउँपालिका र माप्यदुधकोशी गाउँपालिका अध्यक्षहरुले स्पष्टीकरण पेस गरिसकेका...