गठबन्धनलाई बहुमत दिलाउन प्रधानमन्त्रीकाे आह्वान

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर देशमा स्थायी शान्ति र लोकतन्त्र स्थापनामा सहयोग गर्न आह्वान गरेका छन्। ललितपुर जिल्लास्तरीय वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले आगामी आमनिर्वाचनमा रूख भएको ठाउँमा रुखमा, हसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा र कलम भएको ठाउँमा कलम चिन्हमा मतदान […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा पुस २८ गतेसम्म सरकार गठनका लागि आह्वान

जनकपुरधाम : मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन्। संविधानको धारा १६८को उपधारा २ बमोजिम प्रदेश प्रमुख मिश्रले सरकार गठन गर्नका लागि आह्वान गरेका हुन। मधेश प्रदेशमा मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेको छैन। कुनै पनि दलले एकल बहुमत ल्याउन…

गण्डकीमा सोमबारसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

काठमाडौं : गण्डकी प्रदेशमा सरकार गठनको आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते सोमबार अपरान्ह ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका हुन्। कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।मधेश प्रदेशबाहेक सबै प्रदेशमा सरकार गठनको आह्वान भइसकेको छ।

लुम्बिनीमा २७ पुससम्ममा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

काठमाडौं– लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २७ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।  लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुईभन्दा बढीहरू मिलेर बहुमत पुर्‍याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गरेका हुन् । २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार […]

लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

बुटवल : लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै शेरचनले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्। लुम्बिनीमा कुनै दलले बहुमत नल्याएकोले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश…

बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पाँच दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले प्रदेश सरकार गठन गर्न कुनै पनि एक दल मात्रैलाई बहुमत नपुगेकाले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्रीका लागि […]

प्रदेश १ : नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

विराटनगर : प्रदेश १ मा नयाँ सरकार गठनका लागि  प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान  गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि  प्रदेश प्रमुख खापुङले आह्वान गरेका हुन्।‘धारा १६८ को उपधारा (१) अनुसार  प्रदेश नम्बर १ को प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नभएकाले  नेपालको संविधानको धारा  १६८ को उपधारा (२)  अनुसार प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत  प्राप्त गर्न

राष्ट्रपतिद्वारा सरकार गठन गर्न आह्वान, सात दिनको समय सीमा

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले सात दिनको समय दिएर संसदमा रहेका दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार आगामी १० गते बेलुका ५ बजेभित्र सरकार गठनको लागि बहुमत ल्याउन राष्ट्रपतिले समय दिएकी छन्।

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि २२ घण्टे आह्वान

रुपन्देही – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले आज बुधवार दिउँसाे राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले २२ घण्टाको समय दिएर बहुमत सहित सरकारको दाबी गर्न आह्वान गर्नुभएको हो ।  अब भोलि बिहीवार दिउँसो ३ बजेसम्म दलहरूले बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी गर्नेछन् । लुम्बिनीमा कांग्रेस, माओवादी, जनमोर्चा र जसपाको बहुमत रहेको छ ।  शङ्कर पोखरेलको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रक...

देउवाले भने, ‘ओलीले बहुमत पुग्दैन भनेपछि हामी दावी गर्न गएका हौँ’

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा सम्बोधन गर्दै राष्ट्रपति स्वयंले ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेकाले आफूहरु गएको बताएका छन्। प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीले बहुमत पुग्दैन भनेपछि आफूहरु दावी गर्न गएको बताए। उनले भने, ‘२/३ घण्टाअघि बहुमत पुग्दैन भनेर ओलीले भनेपछि हामी गएको हो। फेरि आफैले २…