नाकाबाट भारततर्फ चिनियाँ स्याउको तस्करी

वीरगन्ज । नेपालबाट भारत तर्फ चिनिया स्याउको खुलेआम तस्करी भइरहेको छ । वीरगन्जबाट सिमावर्ती भारतको रक्सौल, भेलाहि, सिकटा, आदापुर लगाएतका ठाउँहरुमा स्याउको तस्करी भएको हो । दैनिक २ ट्रक भन्दा बढी स्याउ कार्टुनमा राखेर तस्करी हुँदै आएको छ । पर्सा प्रहरीले ट्रक, तथा ट्याक्टरबाट हुने तस्करीलाई कडाइ गरेपछि ठुला तस्करहरु पोके तस्करहरुकोे माध्यमबाट स्याउको तस्करीमा […]

सम्बन्धित सामग्री

६ महीनामा रू. ३ अर्ब ८३ करोडको स्याउ आयात

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा स्याउको आयात निरन्तर बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ६ महीनामा मात्रै ३ अर्ब ८२ करोड ७२ लाख ६० हजार रुपैयाँको स्याउ आयात भएको भन्सार विभागको तथ्यांक छ, जुन गत आवको सोही अवधिको तुलनामा  २३ प्रतिशतले बढेको छ  । गत आव २०७७/७८ को ६ महीनामा ३ अर्ब १० करोड ५८ लाख ७० हजार रुपैयाँको स्याउ आयात भएको थियो । नेपालले यो वर्ष चीन, भारत, टर्की, गिनी बिसाउ, इन्डोनेशिया लगायत मुलुकबाट स्याउ आयात गरेको छ ।   ६ महीना अवधिमा सबैभन्दा बढी स्याउ चीनबाट भित्रिएको छ । चीनबाट मात्रै २ अर्ब ६८ करोडकोआयात भएको छ । यस्तै भारतबाट १ अर्ब १४ करोड ३९ लाख ७५ हजार, टर्कीबाट २६ लाख २५ हजार र गिनी बिसाउबाट १ लाख ६१ हजार रुपैयाँको स्याउ आयात भएको विभागको तथ्यांक छ । नेपाली बजारमा चिनियाँ स्याउ लोकप्रिय भएकाले सो मुलुकबाट आउने स्याउको आयात धेरै भएको कुलेश्वरका व्यापारी अमर बानियाँले बताए । चीनको केरुङ नाकाबाट धेरै स्याउ भित्रिने गरेको उनको भनाइ छ । कोरोना महामारीका कारण सीमा नाकामा कडाइ भएकाले आयातमा समस्या भएको व्यवसायीले बताएका छन् । पहिले एक हप्तामा नेपाल आइपुग्ने फलफूल अहिले महीनौं लाग्ने गरेको उनीहरूको भनाइ छ । नेपाली बजारमा चीन र भारतबाट बढी मात्रामा स्याउ भित्रिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए । नेपालको उत्पादनले उपभोक्ताको माग धान्न नसक्ने भएकाले पनि बाहिरी मुलुकहरूसँग निर्भर हुनुपरेको उनको भनाइ छ । ‘नेपाली बजारमा स्याउको माग १२ महीना नै हुने गर्छ, माग अनुसार उत्पादन हुँदैन, आयातमा भर पर्नुको विकल्प छैन,’ उनले भने ।  श्रेष्ठका अनुसार बजारमा आन्तरिक रूपमा जुम्ला, मुस्ताङ, डोल्पा, मुगु, कालिकोट, हुम्ला, रुकुम पूर्व, बुझाङ, सोलुखुम्बुलगायत जिल्लाका स्याउ पनि आउने गर्छ । तर आन्तरिक उत्पादन न्यून हुने गरेको छ । अहिले स्थानीय बजारमा स्याउको मूल्य प्रतिकिलो न्यूनतम २५० देखि अधिकतम २८० रुपैयाँसम्म रहेको छ । नेपाली बजारमा विशेषगरी झोले र फुजी गरी दुई प्रकारको स्याउ पाइने कालीमाटी बजारस्थित खुद्रा व्यापारी हरिहर पण्डितले बताए । स्वदेशी स्याउको सिजनमा भारतीय र चिनियाँ स्याउको मूल्य घट्ने गर्दछ । सिजन सकिएपछि भने बाहिरबाट आउने स्याउको मूल्य वृद्धि हुन्छ । तुलनात्मक रूपमा बढी स्वादिलो हुने भएकाले धेरैजसो ग्राहकले नेपाली स्याउ नै मन पराउने गरेका छन् ।

स्याउ तस्करीमा प्रहरी मिलेमतो : १ हजार ३५० कार्टुन स्याउका विषयमा अनुसन्धान शुरू

विराटनगर । तीनओटा नेपाली ट्रकमा लोड भएको १ हजार ३५० कार्टुन चाइनिज स्याउ भारतीय सुरक्षा बलले नियन्त्रणमा लिएपछि अहिले नेपाल र भारत दुवैतिरका प्रहरी निलम्बित भएका छन् । भारतमा प्रतिबन्ध लगाइएको चिनियाँ स्याउ जफत भएपछि नेपाल र भारत दुवैतिर प्रहरी सेटिङमा स्याउको तस्करी हुने गरेको रहस्य खुलेको छ । ५ दिनअघि भारतको वीरपुरमा तीन ट्रक स्याउसहित नियन्त्रणमा लिइएपछि नेपालका सीमाक्षेत्रका चार प्रहरी र भारतीय सीमाका प्रहरीहरू निलम्बित गरिएका हुन् ।  चोरीको बाटो भारतको वीरपुरको इँटाभट्टाभित्र राखिएका तीन नेपाली ट्रक अहिले भारतीय एसएसबीको नियन्त्रणमा छन् । मिलेमतोमा चाइनिज स्याउ भारत पठाएको अभियोगमा सीमाक्षेत्रका प्रहरी चौकी र इलाका प्रहरी कार्यालयका समेत गरी नेपाल प्रहरीका ३४ जनालाई कार्यस्थलबाट जिल्ला प्रहरी कार्यालय सुनसरी तानिएको छ । त्यसैगरी सशस्त्र प्रहरीका १५ जना सुरक्षाकर्मीलाई कार्यस्थलबाट फिर्ता बोलाइएको छ । सुनसरी प्रहरीको संरक्षणमा सुनसरीको लौकही नाकाबाट तीनओटा नेपाली ट्रकमा स्याउ भारत पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै समिति बनाएर छानविन शुरू भएको छ । घटनाको सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले एसएसपीको नेतृत्वमा छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान शुरू गरेको हो ।  छानविनका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानका एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । छानविन समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी डीएसपी लक्ष्मी भण्डारी, इन्स्पेक्टर मोहन रायमाझी र अन्य तीन जना जुनियर प्रहरी रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराहा वाहिनी मुख्यालय सुनसरीका एसएसपी प्रकाश थापा र डीएसपी नवीन बोगटीको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाइएको डीआईजी वंशीराज दाहालले जानकारी दिए । ‘कसको संलग्नमा कुन नाकादेखि कसरी ट्रकमा स्याउ भारत पुग्यो गठित छानविन टोलीले छानविन गर्ने काम शुरू भएको छ,’ डीआईजी दाहालले भने, ‘छानविन टोलीले दिएको प्रतिवेदनका आधारमा हामी थप प्रक्रिया अगाडि बढाउनेछौं ।’

चिनियाँ स्याउ रसुवाबाट भित्रिँदै

रसुवागढी । अहिले चिनियाँ स्याउको माग बढ्न थालेकाले आयात गरिएका स्याउका कन्टेनरहरु रसुवागढी नाकाबाट नेपाल भित्रिन थालेका छन् ।  टिमुरेस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका...