नेपाली बजारमा ईन्डोनेशिया र टर्कीको स्याउ, ६ महीनामा ३ अर्ब ८३ करोड रुपैयाँको स्याउ आयात

फागुन १, काठमाडौं । पछल्लो समय नेपाली बजारमा स्याउको आयात निरन्तर बढेको  छ । चालू आर्थिक वर्ष २०७८/७९ को ६ महीनामा मात्रै ३ अर्ब ८२ करोड ७२ लाख  ६० हजार रुपैयाँको स्याउ आयात भएको छ ।  गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष २३ प्रतिशतले स्याउको आयात बढेको छ  ।  गत आर्थिक वर्ष २०७७/७८ को ६ महीनामा ३ अर्ब १० करोड ५८ लाख ७० हजार रुपैयाँको स्याउ आयात भएको थियो । नेपालले यो वर्ष चीन, भारत, टर्की, गिनी बिसाउलगायत  ईन्डोनेशियाबाट समेत  स्याउ आयात गरेको छ ।   सबैभन्दा धेरै स्याउ चीनबाट आयात भएको छ । चीनबाट मत्रै २ अर्ब ६८ करोड ४९ लाख ९०० रुपैयाँको स्याउ आयात हुँदा  भारतबाट १ अर्ब १४ करोड ३९ लाख ७५ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ । त्यस्तै टर्कीबाट २६ लाख २५ हजार रुपैयाँको र गिनिबिसाउबाट १ लाख ६१ हजार रुपैयाँको आयात भएको छ ।  नेपाली बजारमा चिनियाँ स्याउ लोकप्रिय भएको कारणले गर्दा पनि चिनियाँ स्याउको आयात धेरै भएको कुलेश्वरका व्यापारी अमर बाँनियाले बताए । उनले चिनको केरुङ नाकाबाट धेरै स्याउ भित्रिने गरेको पनि बताए । कोरोना  महामारीका कारण सिमा नाकामा कडाई भएकाले अयातमा समस्या भएको व्यवसायीले बताएका छन् । पहिला हप्ता दिनमा नेपाल आईपुग्ने फलफूल अहिले भने महीनौं लाग्ने गरेको उनिहरूको भनाइ छ। नेपाली बजारमा प्राय : जसो चीन र भारतबाट स्याउ भित्रिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए । नेपालको उत्पादनले उपभोक्ताको माग धान्न नसक्ने भएकाले पनि बाहिरी मुलुकहरुसगँ निर्भर हुनु परेको उनको भनाइ छ ।  'नेपाली बजारमा स्याउको माघ १२ महीनानै हुने गर्छ, माघ अनुसार उत्पादन हुँदैन, चिनियाँ स्याउको भरपर्नुको विकल्पै छैन‘, उनले भने ।  श्रेष्ठका अनुसार नेपाली बजारमा जुम्ला, मुस्ताङ, डोल्पा, मुगु, कालिकोट, हुम्ला, रुकुम पूर्व, बुझाङ, सोलुखुम्बुलगायतका जिल्लाहरुबाट स्याउ आउने गर्छ । तर केही समययता ती जिल्लाहरुबाट स्याउ कम मात्रामा आउने गरेको उनले बताए ।  अहिले स्थानिय बजारमा स्याउको मूल्य प्रतिकिलो न्यूनतम २५० देखि अधिकतम २८० रुपैयाँसम्म रहेको छ । नेपाली बजारमा झोले र फुजी गरी २ प्रकारको स्याउ पाइने गरेको कालीमाटी बजारस्थित खुद्रा व्यापारि हरिहर पण्डितले बताए । स्वदेशी स्याउको सिजनमा भारतीय र चिनियाँ स्याउको मूल्य घट्ने गर्दछ । सिजन सकिएपछि भने बाहिरबाट आउने स्याउको मूल्य वृद्धि हुन्छ । स्वदेशी स्याउ स्वादिष्ट हुने भएकाले पनि धेरैजसो ग्राहकले नेपाली स्याउनै मन पराउने गरेको पनि उनले बताए ।  (प्रतिक्षा कडेल/प्रशिक्षार्थी)

सम्बन्धित सामग्री

चीनबाट ६ अर्बको स्याउ आयात

नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ । नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तथ्यांकले देखाएको छ ।नेपालले गत आर्थिक वर्ष २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तथ्यांक छ । भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब […]

चीनबाट भित्रियो ६ अर्बको स्याउ

नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ। नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तव्यांकले देखाएको छ।नेपालले गत आर्थिक वर्ष २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तव्यांक छ। भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको स्याउ चीनबाट आयात गरेको हो ।गत आवमा चीनबाट स्याउ आयात २.८ प्रतिशतले बढेको छ। अघिल्लो आव २०७७र०७८ मा नेपालले ५ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरक

चीनबाट ६ अर्बको स्याउ भित्रियो

काठमाडौं । नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ । नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तथ्यांकले देखाएको छ । नेपालले गत आ.व. २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तथ्यांक छ । भन्सार विभागका अनुसार गत आ.व.मा नेपालले […]

६ महीनामा रू. ३ अर्ब ८३ करोडको स्याउ आयात

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा स्याउको आयात निरन्तर बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ६ महीनामा मात्रै ३ अर्ब ८२ करोड ७२ लाख ६० हजार रुपैयाँको स्याउ आयात भएको भन्सार विभागको तथ्यांक छ, जुन गत आवको सोही अवधिको तुलनामा  २३ प्रतिशतले बढेको छ  । गत आव २०७७/७८ को ६ महीनामा ३ अर्ब १० करोड ५८ लाख ७० हजार रुपैयाँको स्याउ आयात भएको थियो । नेपालले यो वर्ष चीन, भारत, टर्की, गिनी बिसाउ, इन्डोनेशिया लगायत मुलुकबाट स्याउ आयात गरेको छ ।   ६ महीना अवधिमा सबैभन्दा बढी स्याउ चीनबाट भित्रिएको छ । चीनबाट मात्रै २ अर्ब ६८ करोडकोआयात भएको छ । यस्तै भारतबाट १ अर्ब १४ करोड ३९ लाख ७५ हजार, टर्कीबाट २६ लाख २५ हजार र गिनी बिसाउबाट १ लाख ६१ हजार रुपैयाँको स्याउ आयात भएको विभागको तथ्यांक छ । नेपाली बजारमा चिनियाँ स्याउ लोकप्रिय भएकाले सो मुलुकबाट आउने स्याउको आयात धेरै भएको कुलेश्वरका व्यापारी अमर बानियाँले बताए । चीनको केरुङ नाकाबाट धेरै स्याउ भित्रिने गरेको उनको भनाइ छ । कोरोना महामारीका कारण सीमा नाकामा कडाइ भएकाले आयातमा समस्या भएको व्यवसायीले बताएका छन् । पहिले एक हप्तामा नेपाल आइपुग्ने फलफूल अहिले महीनौं लाग्ने गरेको उनीहरूको भनाइ छ । नेपाली बजारमा चीन र भारतबाट बढी मात्रामा स्याउ भित्रिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए । नेपालको उत्पादनले उपभोक्ताको माग धान्न नसक्ने भएकाले पनि बाहिरी मुलुकहरूसँग निर्भर हुनुपरेको उनको भनाइ छ । ‘नेपाली बजारमा स्याउको माग १२ महीना नै हुने गर्छ, माग अनुसार उत्पादन हुँदैन, आयातमा भर पर्नुको विकल्प छैन,’ उनले भने ।  श्रेष्ठका अनुसार बजारमा आन्तरिक रूपमा जुम्ला, मुस्ताङ, डोल्पा, मुगु, कालिकोट, हुम्ला, रुकुम पूर्व, बुझाङ, सोलुखुम्बुलगायत जिल्लाका स्याउ पनि आउने गर्छ । तर आन्तरिक उत्पादन न्यून हुने गरेको छ । अहिले स्थानीय बजारमा स्याउको मूल्य प्रतिकिलो न्यूनतम २५० देखि अधिकतम २८० रुपैयाँसम्म रहेको छ । नेपाली बजारमा विशेषगरी झोले र फुजी गरी दुई प्रकारको स्याउ पाइने कालीमाटी बजारस्थित खुद्रा व्यापारी हरिहर पण्डितले बताए । स्वदेशी स्याउको सिजनमा भारतीय र चिनियाँ स्याउको मूल्य घट्ने गर्दछ । सिजन सकिएपछि भने बाहिरबाट आउने स्याउको मूल्य वृद्धि हुन्छ । तुलनात्मक रूपमा बढी स्वादिलो हुने भएकाले धेरैजसो ग्राहकले नेपाली स्याउ नै मन पराउने गरेका छन् ।