अप्रिलमा ६४६ लाई डाइभर्सिटी भिसा दिएको अमेरिकी दूतावास काठमाडौंबाट गत महिना जम्मा ५४ लाई डिभी

अप्रिलमा ६४६ जनालाई डाइभर्सिटी भिसा दिएको अमेरिकी दूतावास काठमाडौंले गत महिना जम्मा ५४ जनालाईमात्र डाइभर्सिटी भिसा दिएको खुलासा भएको छ । अमेरिकी विदेशमन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुशार मे महिनामा अमेरिकी दूतावास काठमाडौंले जम्मा ५४ जनालाई डाइभर्सिटी भिसा दिएको हो । मे महिनामा विश्वभरबाट जम्मा ५९ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका छन् । मार्च र […]

सम्बन्धित सामग्री

भिसा पाउन थाले डिभी विजेता नेपालीहरुले, एक महिनामा १३८ जनालाई भिसा

अक्टोबर र नोभेम्बरमा १४५० सम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट भएतापनि अमेरिकी दूतावास काठमाडौंले कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेको थिएन । तर डिसेम्बरमा भने १३८ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएको तथ्यांक सावैजनिक भएको छ, जसमा काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र १३५ जनालाई डाइभर्सिटी भिसा जारी गरेको छ । डिसेम्बरमा १७ सयसम्म केस नम्बर […]

डिभी २०२२ को भिसा जारी अवधि समाप्त, एकै महिनामा १६०३ नेपालीलाई डाइभर्सिटी भिसा

डिभी २०२२ का भिसा जारी गर्ने अवधि समाप्त भएको छ । डिभी २०२२ का विजेताहरुले सेप्टेम्बर ३० सम्ममात्र भिसा प्राप्त गर्ने प्रावधान रहेकाले भिसा जारी गर्ने अवधि समाप्त भएको हो । भिसा जारी हुने अवधि समाप्त हुनु अगाडि अमेरिकी दूतावास काठमाडौंले अत्याधिक नेपालीहरुलाई डाइभर्सिटी भिसा जारी गरेको छ । जुलाईसम्म कुल १६१६ जना नेपालीहरुलेमात्र डाएभर्सिटी […]

गत महिना २३४ नेपालीले पाए डाइभर्सिटी भिसा, अहिलेसम्म भिसा पाउने नेपालीहरु १६१६

गत महिना जुलाईमा २३४ जना नेपाली डिभी विजेताहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका छन्, जसमध्ये अमेरिकी दूतावास काठमाडौंबाट डाइभर्सिटी भिसा पाउनेहरु २२९ जना रहेको तथ्यांक अमेरिकी सरकार विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज सार्वजनिक गरेको छ । जुन महिनामा ३५७ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये काठमाडौंको अमेरिकी दूतावासलेमात्र ३५१ जनालाई डाइभर्सिटी […]

अमेरिकी डिभीको नतिजा आज सार्वजनिक हुदै, यस्तो छ हेर्ने तरिका

अमेरिकी डिभीको नतिजा आज राती आउने भएको छ । सन् २०२३ का खुलेको अमेरिकी डिभीको नतिजा आज शनिवार राती नेपाली समय अनुसार ९:४५ बजे सार्वजनिक हुने भएको हो ।नतिजा हेर्नको लागि https://dvprogram.state.gov/ मा गई check status मा क्लिक गर्नु पर्छ । त्यसपछि continue भन्ने अप्सनमा क्लिक गरेर आफ्नो कन्फरेन्सन नम्बर, आफ्नो लास्ट नेम , जन्म मिति, सोहि पेजमा चित्रमा देखाईएको अंक तथा अक्षर अर्थात् हालेर आफुलाई डिभी परेको वा नपरेको हेर्न सकिन्छ । यदि तपाईंले आफ्नो कन्फरेन्सन नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने अमेरिकि दूतावासले जनाएको छ। छनौट हुन सफल आवेदकले गर्नुपर्ने थप प्रक्रियाबारे स्टेट डिपार्टमेन्टको वेबसाइटमा उल्लेख गरिएको छ ।साथै दूतावास वा अमेरिकी सरकारका अन्य निकायले डिभी कार्यक्रममा छनौट भएको व्योहोराको इमेल नपठाउने भएकोले कुनै इमेल आए त्यसलाई वेवास्ता गर्न  नेपाल स्थित अमेरिकी दुतावासले जनाएको छ । सन् २०२३ को डिभी आवेदन दर्ता सन् २०२१ अक्टोबर ६ तारिख बुधबार ईस्टर्न डेलाइट टाइम (ईडीटी) (जीएमटी–४) को मध्याह्न देखि सन् २०२१ नोभेम्बर ९ तारिख मङ्गलबार ईस्टर्न डेलाइट टाइम (ईडीटी) (जीएमटी–५) को मध्याह्नसम्म खुलेको थियो  । कसरी छनौट गरिन्छ डिभी पर्ने आवेदक ?हरेक क्षेत्र र देशका लागि छुट्याइएको संख्याको आधारमा योग्य आवेदनहरूमध्येबाट गोलाप्रथाको माध्यमबाट आवेदकहरूको छनोट कम्प्युटरद्वारा गरिन्छ । सबै डिभी–२०२२ आवेदकहरूले आफू डिभी कार्यक्रमको लागि छनोट भए नभएको पत्ता लगाउन डिभी–२०२२ को अनलाइन आवेदन दर्ताका बेला प्राप्त युनिक कन्फर्मेशन नम्बर प्रयोग गरी ई–डिभी वेबसाइटको Entrant Status Check  मा गई हेर्नु पर्दछ । Entrant Status Check ई–डिभीको वेबसाइट dvprogram.state.gov मा सन् २०२२ मे ८ देखि सन् २०२३ सेप्टेम्बर ३० सम्म उपलब्ध हुनेछ ।यदि तपाईँको आवेदन छनोटमा परेको रहेछ भने तपाईँ कन्फर्मेशन पेजमा पुग्नु हुनेछ जसमा अमेरिका अप्रवासन गर्न लाग्ने शुल्क लगायतका जानकारीका साथै थप निर्देशनहरू दिइएको हुन्छ । डिभी–२०२३ का लागि छनोट भएकाहरूले केवल Entrant Status Check मार्फत मात्र छनोट भएको जानकारी प्राप्त गर्न सक्नेछन् । अमेरिकी विदेश मन्त्रालयले छनोट भएको सूचना चिठी वा ईमेलमार्फत पठाउँदैन । अमेरिकी दूतावास र वाणिज्यदूतावासहरूले छनोट भएकाहरूको सूची उपलब्ध गराउँदैनन् । छनोटमा नपरेकाहरूले पनि सूचना पाउने थलो भनेको Entrant Status Check हो । हामी तपाईँलाई आफ्नो Entrant Status Check आफै हेर्नुहुन जोड गर्न चाहन्छौँ । चेक गर्न र सूचना पाउनका लागि अरुको भर नपर्नुहोला ।तपाईँ डिभीका लागि छनोट हुनुभए तापनि डाइभर्सिटी भिसा प्राप्त गरी अमेरिका आप्रवास गर्नका लागि तपाईँले अमेरिकी कानुन अन्तर्गतका सबै योग्यताका मापदण्डहरू पूरा गरेको हुनु पर्दछ । डिएस–२६०, अनलाइन आप्रवासी भिसा अनि दर्ता आवेदन र कन्सुलर अधिकृतले व्यक्तिगत रूपमा तपाईँसँग अमेरिकी आप्रवासन कानुन अनसुार योग्य हुनुहुन्छ कि हुन्न भनेर प्रश्न गर्नेछन् । यी प्रश्नहरू अपराध तथा सुरक्षासम्बन्धी विषयमा हुनेछन् ।परिवारका सदस्य लगायत सबै आवेदकलाई २०२३ सेप्टेम्बर ३० भित्र भिसा जारी गरिसक्नु पर्दछ । सो मिति पश्चात् कुनै पनि हालतमा अमेरिकी विदेश मन्त्रालयले डिभी भिसा जारी गर्न सक्ने छैन र युएससीआईएसले हेरफेर स्वीकृत गर्न सक्ने छैन । न त कुनै पनि परिवारिक सदस्यले सो मिति पश्चात् अमेरिका गइसकेका प्रमुख आवेदकसँग बसोबास गर्न जानका लागि डिभी प्राप्त गर्न नै सक्नेछ ।

अन्तत: अमेरिकी दूतावास काठमाडौंबाट गतमहिना ८३ जनालाई डाइभर्सिटी भिसा जारी

अमेरिकी दूतावास काठमाडौंले गत महिना ८३ जनालाई डाइभर्सिटी भिसा जारी गरेको छ । जुनसम्म अत्यन्तै कममात्र डिभी विजेताहरुलाई भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले जुलाईमा भने उल्लेख्यमात्रामा डिभी विजेताहरुलाई भिसा जारी गरेको हो । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार जुन महिनाको तुलनामा जुलाईमा पाँचगुणाभन्दा धेरैलाई भिसा जारी गरेको हो । जुन […]

अन्तत अमेरिकी दूतावास काठमाडौंबाट सिमित डाइभर्सिटी भिसा जारी, गत महिना १६ जनालाई

मे महिनासम्म सन् २०२१ का डिभी विजेताहरुलाई भिसा जारी नगरेको अमेरिकी दूतावास काठमाडौंले अन्तत डिभी विजेताहरुलाई सिमित संख्यामा भिसा जारी गरिरहेको छ । जुनमा १६ जना डिभी विजेताहरुले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गर्न सफल भएका छन् । जुलाईमा पनि सिमित संख्यामा डिभी विजेताहरुलाई काठमाडौंमा रहेको अमेरिकी दूतावासले भिसा जारी गरिरहेको छ । तर […]

नेपालस्थित अमेरिकी दूतावासद्वारा सम्पूर्ण भिसा प्रक्रिया रद्द

काठमाडौं । नेपालका लागि अमेरिकी दूतावास काठमाडौंले सम्पूर्ण भिसा दिने प्रक्रिया रोकेको छ । कोरोना भाइरसको प्रकोपका कारणले भिसा प्रकृया रोकेको दूतावासले जनाएको छ । भोलि मगलबारदेखि लागू हुने गरी दूतावासले डाइभर्सिटी भिसा ‘डिभी तथा गैरआप्रवासी भिसा दिने प्रक्रिया रोक्ने जानकारी दिएको हो । भिसा दिने प्रक्रिया रद्द भए पनि एमआरभी शुल्क भुक्तानी गरिएको मुलुकमा …