कृषिमा नै समृद्धिको खोजी गर्दै म्याग्दीका किसान

गलेश्वर – म्याग्दीका ग्रामीण क्षेत्रमा टनेल (प्लाष्टिकका घर)ले जिल्लामा फस्टाउँदै गएको कृषि पेसालाई उजागर गरेका छन्। टनेलभित्र लटरम्मै तरकारी फलेका छन्। टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानले चासो दिन थालेका छन्। ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरिका बेमौसमी तरकारी फलेका छन्। अधिकांश टनेलमा गोलभेँडा फलिरहेका छन् भने केही […]

सम्बन्धित सामग्री

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा

म्याग्दी– अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् । बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गरेका छन् । त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र दुर्गाबहादुर […]

आलुमा रोग लागेपछि किसान चिन्तित

सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरी खेती छाडेर आलु खेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन्।...

म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित

२० पुस, गलेश्वर । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोट, २ रुम, ६ दरवाङ,७  विम, मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत धौलागिरि गाउँपालिकाको अधिकांश वडाका कृषक […]

समृद्धिको खोजीमा म्याग्दीका किसान

म्याग्दीका ज्यामरुककोट, अर्मन, बाबियाचौर, तोरीपानी, सिङ्गा, पात्लेखेत, खबरा, बगरफाँटलगायतका गाउँमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गर्ने कृषक बढ्दै गएका छन्।...

भेडा मर्न थालेपछि समस्यामा म्याग्दीका किसान

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुनिने लगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताउनुभयो । दुई महिनामा किसान छन्त्यालका २४ भेडा मरेका छन् । साना पाठापाठीदेखि ठूला भेडाखसी मरेर क्षति पुगेको छन्त्यालले बताउनुभयो । ठाडाखानीमा …

मल नै नहाली धान रोप्दै म्याग्दीका किसान

गलेश्वर- मनसुन चाँडै सुरु भएर वर्षा हुन थालेपछि हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । जिल्लाका मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि गाउँपालिकाका सबै ठाउँमा र बेनी नगरपालिकाका ज्यामरुककोट, गौश्वारा, बिमिराबोट, तमाने, भकिम्ली, पुलाचौर, घतानलगायत ठाउँमा यतिखेर धान रोपाइँ सुरु भएको हो । रासायनिक मल नपाएपछि मकै बालीमा पनि मल नहालेका यहाँका […]

औँसा  र फौजी किराको प्रकोपले म्याग्दीका किसान चिन्तित

म्याग्दी : रासायनिक मलको अभावमा धानको बिउ राख्न र मकै गोडमेल गर्न नपाएका म्याग्दीका किसानहरुले लगाएको खेती र फलफूलमा समेत रोग र किराको प्रकोप देखिएपछि चिन्तित बनेका छन्।यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे गवारो र मकैवालीमा फौजी किराको प्रकोप देखिएको छ।फूल फूलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौला, गोलभेंडा लगायतमा औंसा, घोगा लाग्न थालेका मकैमा फौजी किरा र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका हुन्।प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औँसा

धान भित्र्याउन व्यस्त म्याग्दीका किसान

म्याग्दी– कात्तिक महिना सुरु भएसँगै म्याग्दीका किसानलाई खेतमा पाकेको धानबाली काटेर भित्र्याउने चटारो छ । चाडपर्व सिद्धिएसँगै अर्मपर्म गरेर धान काट्न किसान व्यस्त भएका छन् ।किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान भण्डारण गरी एक वर्षसम्म पु¥याउने चलन छ । हिमाली जिल्ला म्याग्दीमा भिरालो र काट्ने जग्गामा भएको […]

कोरोना संकटमा खेतीपातीमै व्यस्त म्याग्दीका किसान

म्याग्दी । बिहान ६ नबज्दै म्याग्दीको बेनी नगरपाकिला–२ बगरफाँटका किसान मकै गोड्न खेतमा पुगिसकेका हुन्छन् । मुखमा मास्क र हातमा कोदालोसहित खेतका गह्रामा मकै गोड्दै गरेका किसानलाई यतिबेला कोरोना संक्रमणको डरभन्दा बाली नसप्रिएको चिन्ताले पिरोल्न थालेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा तीव्ररूपमा कोरोना संक्रमण फैलदै गएको भए पनि काम नगरी नहुने भएकाले आफूहरू सुरक्षा सावधानी अपनाउँदै खेतीपातीको काममा व्यस्त हुनुपरेको किसानहरूले बताएका छन् । अहिले गाउँमा मकै गोड्ने, धानको बीउ राख्ने र खेतबारीमा मल राख्ने समय भएको छ । खेतीपातीको काम समयमै गर्नुपर्ने भएकाले मास्क लगाएर सकेसम्म भौतिक दूरी कायम गरी मकै गोड्न थालेको बेनी नगरपालिका–२ बगरफाँटकी सावित्रा शाहले बताइन् । रोगभन्दा भोक टार्न समस्या हुने भएकाले जोखिम भए पनि  सावधानी अपनाएर काममा खटिनुपरेको अर्का कृषक टेकबहादुर कार्कीको भनाइ छ । ‘परिवारको दुई छाक टार्नै भए पनि खेती गर्नुपर्छ,’ उनले भने, ‘रोगसँग डराएर मात्र पनि त भएन नि ।’ शाह र कार्की मात्र होइन, अहिले धेरै कृषक खेतबारीमा व्यस्त छन् । ‘मानो रोपेर मुरी फलाउने बेला हुँदै छ, कोरोना रोगभन्दा हामीलाई परिवारको पेट भर्ने चिन्ताले पिरोल्छ,’ मंगला गाउँपालिका–३ का कृषक युमाकान्त सापकोटाले भने, ‘गाउँमा भने खेताला पनि पाइन्नन्, अर्मपर्म नगरीकन खेती लगाउनै सकिँदैन ।’ वर्षात्को खेती सिजन शुरू हुन लागेसँगै बजारवासीभन्दा गाउँका कृषकलाई बालीनाली लगाउन बढी चटारो छ । कृषिबाट जीविका चलाउने उनीहरूलाई यतिबेला फुर्सद नै छैन । केही अन्न जोहो नगरी बाँच्ने विकल्प नभएका किसान यतिबेला खेतबारीमा व्यस्त बनेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । कोरोना भाइरसको दोस्रो लहर शुरू भएसँगै शहरबजार बस्नेहरू पनि धमाधम गाउँ फर्किएका छन् । खेतीपातीको सिजन शुरू भएकाले पनि गाउँ नै उत्तम विकल्प भएको उनीहरू बताउँछन । शहरभन्दा पनि गाउँघर नै सुरक्षित र उत्तम विकल्प भएको धवलागिरि गाउँपालिका–३ मुनाका पुर्म पुनले बताए । ‘कोरोनाले नानीहरूको स्कुल बिदा भयो, यो महामारीमा त गाउँमै काम र समय कटाउनु आराम छ, त्यसैले शहरबाट गाउँमा फर्किएका व्यक्ति पनि अहिले खेतीपातीको काममा व्यस्त भएका हुन् ।’ खेतीयोग्य जमिनमा वृद्धि, पर्याप्त सिँचाइ र रोग, किराको प्रकोप हटेपछि गतवर्ष म्याग्दीमा धान उत्पादन बढेको थियो । २ लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर जमिन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले बताएको छ । १ लाख १३ हजार ६४१ जनसंख्या रहेको जिल्लाको ३२ प्रतिशत बासिन्दा पूर्णरूपमा कृषिमा आश्रित छन् । यद्यपि उनीहरूमध्ये अधिकांशले व्यावसायिक रूपमा कृषि उत्पादन गर्न सकेका छैनन् । ७ प्रतिशतले मात्रै व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका छन् । गोठेमलको प्रयोग र  यस वर्ष पर्याप्त वर्षात्ले सिँचाइ पुगेकाले पनि किसानलाई समयमै खेती लगाउन धेरै सहज भएको छ । समयमै मल आवश्यक पर्ने किसानलाई उपलब्ध गराउन कार्यालयले आवश्यक तयारी पनि गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले बताएको छ ।

कोरोना र फौजी कीराको प्रकोपमा म्याग्दीका किसान

म्याग्दी । कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएका बेला खेतबारीमा लगाइएको मकैबाली फौजी कीराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो मारमा परेका छन् । जिल्लामा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकै बाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित छन् । जिल्लाको बेनी नगरपालिका सहित ६ ओटै स्थानीय तहका कतिपय किसान कोरोना संक्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् । यही बेला मकैबालीमा फौजी कीराको प्रकोप देखिएपछि नियन्त्रणमा समस्या भएको छ । मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको बेनी नगरपालिका–२ बगरफाँटका कृषक खड्गबहादुर थापाले बताए । बगरफाँटको ४०० रोपनीमा फैलिएको फाँटमा फौजी कीराले मकैबाली नष्ट गरिदिएको कृषक थापाको भनाइ छ । ‘खेती लगाएका किसान कोरोनाले थलिएका छन्, खेतमा मकै कीराले खाएर सिध्यायो, अब यस वर्ष खाद्यान्नको संकट हुने भयो,’ उनले भने । यसअघि गहुँबालीमा समेत कीरा लागेर राम्रो उत्पादन हुन सकेको थिएन । गहुँसमेत राम्रो उत्पादन नहुँदा मकैको आशा गरेर बसेका किसान मकैबाली पनि कीराले नष्ट गरिदिँदा निराश बनेका छन् । ज्यामरुककोटका अर्का कृषक टेकबहादुर कार्कीले यस वर्ष किसानले रोग र भोकको सामना गर्नुपर्ने बताए । कोरोनाका कारण बजारमा गएर औषधि किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधि प्रयोग गर्दा रोग र कीरा नियन्त्रणमा आउन नसकेको किसानको गुनासो छ । तर, कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले औपचारिक रूपमा यस विषयमा किसानले कुनै गुनासो नगरेको बताए । किसानका अनुसार भर्खरै उम्रिएका मकैमा फौजी कीराको प्रकोप झन् बढी देखिएको छ । पर्याप्त आकाशे वर्षा भएपछि म्याग्दीका अधिकांश किसानले अहिले मकै बाली लगाइसकेका छन् ।