समृद्धिको खोजीमा म्याग्दीका किसान

म्याग्दीका ज्यामरुककोट, अर्मन, बाबियाचौर, तोरीपानी, सिङ्गा, पात्लेखेत, खबरा, बगरफाँटलगायतका गाउँमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गर्ने कृषक बढ्दै गएका छन्।...

सम्बन्धित सामग्री

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा

म्याग्दी– अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् । बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गरेका छन् । त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र दुर्गाबहादुर […]

म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित

२० पुस, गलेश्वर । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोट, २ रुम, ६ दरवाङ,७  विम, मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत धौलागिरि गाउँपालिकाको अधिकांश वडाका कृषक […]

म्याग्दीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै

म्याग्दी – स्थानीय किसान हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीको खेतीले म्याग्दीका बेनी नगरपालिकासहित मङ्गला र अन्नपूर्ण गाउँपालिकाका किसानको आर्थिक समृद्धि गराउनुका साथै जीवनस्तर उकास्न सहयोग गरेकोे हो । यस वर्ष बेनी नगरपालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा करिब १३ हजार हेक्टर क्षेत्रफलमा व्यवस्थित […]

म्याग्दीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै

म्याग्दीका स्थानीय किसान हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीको खेतीले म्याग्दीका बेनी नगरपालिकासहित मङ्गला र अन्नपूर्ण गाउँपालिकाका किसानको आर्थिक समृद्धि गराउनुका साथै जीवनस्तर उकास्न सहयोग गरेकोे हो । यस वर्ष बेनी नगरपालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा करिब १३ हजार हेक्टर क्षेत्रफलमा व्यवस्थित रूपमा […]

कृषिमा नै समृद्धिको खोजी गर्दै म्याग्दीका किसान

गलेश्वर – म्याग्दीका ग्रामीण क्षेत्रमा टनेल (प्लाष्टिकका घर)ले जिल्लामा फस्टाउँदै गएको कृषि पेसालाई उजागर गरेका छन्। टनेलभित्र लटरम्मै तरकारी फलेका छन्। टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानले चासो दिन थालेका छन्। ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरिका बेमौसमी तरकारी फलेका छन्। अधिकांश टनेलमा गोलभेँडा फलिरहेका छन् भने केही […]

औँसा  र फौजी किराको प्रकोपले म्याग्दीका किसान चिन्तित

म्याग्दी : रासायनिक मलको अभावमा धानको बिउ राख्न र मकै गोडमेल गर्न नपाएका म्याग्दीका किसानहरुले लगाएको खेती र फलफूलमा समेत रोग र किराको प्रकोप देखिएपछि चिन्तित बनेका छन्।यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे गवारो र मकैवालीमा फौजी किराको प्रकोप देखिएको छ।फूल फूलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौला, गोलभेंडा लगायतमा औंसा, घोगा लाग्न थालेका मकैमा फौजी किरा र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका हुन्।प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औँसा

म्याग्दीका सुन्तला बगैँचामा औँसा किराको प्रकोप

म्याग्दी –  म्याग्दीमा उत्पादित सुन्तलामा यसवर्ष पनि रोग तथा किराको प्रकोप देखिएको छ । व्यावसायिक सुन्तला खेतीमा चाइनिज सिडरस फुड फ्लाइ (औँसा) नामक किराको प्रकोप देखिएको हो।  सुन्तलाको बोटमा औंँसा किरा लागेर दाना पहेँलो हुँदै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । यस वर्ष उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको दोसल्ले, मङ्गला–१, खानीगाउँ र मङ्गला–३, बराङ्जाको घोर्लेनीलगायत क्षेत्रमा लगाइएको सुन्तलामा औँसा किरा लागेको छ । गएकाे वर्ष जिल्लाको बेनी नगरपा...

धान भित्र्याउन व्यस्त म्याग्दीका किसान

म्याग्दी– कात्तिक महिना सुरु भएसँगै म्याग्दीका किसानलाई खेतमा पाकेको धानबाली काटेर भित्र्याउने चटारो छ । चाडपर्व सिद्धिएसँगै अर्मपर्म गरेर धान काट्न किसान व्यस्त भएका छन् ।किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान भण्डारण गरी एक वर्षसम्म पु¥याउने चलन छ । हिमाली जिल्ला म्याग्दीमा भिरालो र काट्ने जग्गामा भएको […]

धान भित्र्याउने बेला वर्षा भएपछि म्याग्दीका किसान चिन्तित

म्याग्दी : पाकेको धान थन्क्याउने बेला वर्षा भएपछि म्याग्दीका किसानहरु चिन्तित भएका छन्। आइतवारत रातिदेखि वर्षा भइरहेको छ।वर्षाले पाकेका धानको बोट ढलेको बेनी नगरपालिका-२ बगरफाँटका भीमबहादुर कार्की बताए। घरमा भित्र्याउने समयमा पानीले क्षति पुर्‍याएको उनले बताए। ‘धानको बोट लडेर सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ‚’ कार्कीले भने‚ ‘एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो?’म्याग्दीको ज्यामरुककोट, खवरा, बगरफाँट,

कोरोना र फौजी कीराको प्रकोपमा म्याग्दीका किसान

म्याग्दी । कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएका बेला खेतबारीमा लगाइएको मकैबाली फौजी कीराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो मारमा परेका छन् । जिल्लामा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकै बाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित छन् । जिल्लाको बेनी नगरपालिका सहित ६ ओटै स्थानीय तहका कतिपय किसान कोरोना संक्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् । यही बेला मकैबालीमा फौजी कीराको प्रकोप देखिएपछि नियन्त्रणमा समस्या भएको छ । मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको बेनी नगरपालिका–२ बगरफाँटका कृषक खड्गबहादुर थापाले बताए । बगरफाँटको ४०० रोपनीमा फैलिएको फाँटमा फौजी कीराले मकैबाली नष्ट गरिदिएको कृषक थापाको भनाइ छ । ‘खेती लगाएका किसान कोरोनाले थलिएका छन्, खेतमा मकै कीराले खाएर सिध्यायो, अब यस वर्ष खाद्यान्नको संकट हुने भयो,’ उनले भने । यसअघि गहुँबालीमा समेत कीरा लागेर राम्रो उत्पादन हुन सकेको थिएन । गहुँसमेत राम्रो उत्पादन नहुँदा मकैको आशा गरेर बसेका किसान मकैबाली पनि कीराले नष्ट गरिदिँदा निराश बनेका छन् । ज्यामरुककोटका अर्का कृषक टेकबहादुर कार्कीले यस वर्ष किसानले रोग र भोकको सामना गर्नुपर्ने बताए । कोरोनाका कारण बजारमा गएर औषधि किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधि प्रयोग गर्दा रोग र कीरा नियन्त्रणमा आउन नसकेको किसानको गुनासो छ । तर, कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले औपचारिक रूपमा यस विषयमा किसानले कुनै गुनासो नगरेको बताए । किसानका अनुसार भर्खरै उम्रिएका मकैमा फौजी कीराको प्रकोप झन् बढी देखिएको छ । पर्याप्त आकाशे वर्षा भएपछि म्याग्दीका अधिकांश किसानले अहिले मकै बाली लगाइसकेका छन् ।