डिभिजन वन कार्यालय ताप्लेजुङद्धारा घरायसी प्रयोगमा आउने बिरुवा निःशुल्क बितरण

शनिवारको दिन हटिया भर्न आएका किसानलाई समेत लक्षित गरी बिरुवा बितरण गरिएको डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत ललितकुमार यादवले जानकारी दिए।...

सम्बन्धित सामग्री

गोरखामा ९० हजार बिरुवा निःशुल्क वितरण गरिँदै

गोरखा– डिभिजन वन कार्यालय गोरखाले विभिन्न प्रजातिका ९० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्न लागेको छ । कार्यालयसहित सबडिभिजनमार्फत नर्सरीमा उत्पादन गरिएका बिरुवा जिल्ला भित्र वृक्षरोपणका कार्य बढाउने योजनासहित निःशुल्क वितरण गर्न सुरु गरेको कार्यालय प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए । कार्यालयले काष्ठजन्य, मसलाजन्य, खयर, बकाइनो, चिउरीलगायतका बिरुवा उत्पादन गरी वितरण गर्दै आएको उनको भनाइ […]

गुरु पूर्णिमामा विद्यार्थीलाई बिरुवा उपहार, विद्यार्थीले घरमा लगेर राेपे

दाङ – गुरुपूर्णिमाको अवसर पारेर दाङकाे ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलका विद्यार्थीले आज साेमवार बिरुवा रोपेका छन् । डिभिजन वन कार्यालय दाङको सहयोगमा दुई वटा विद्यालयका एक हजार पाँच सय जना विद्यार्थीले दुई/दुई वटा बिरुवा घरमा लगेर रोपेका हुन् । विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने विद्यालयको वार्षिक कार्यक्रमअनुसार विद्यालयले एक जना विद्यार्थीलाई कम्तीमा दुई वटा बिरुवा प्रदान गरेको थियो । डिभिजन वन कार्यालय दाङको 'एक घर दुई वृक्ष, शहर हाम्रो बनाउ स्...

पाँच लाखभन्दा बढी बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

सिमकोट – डिभिजन वन कार्यालयले यस वर्ष पाँच लाखभन्दा बढी तीन किसिमका बिरुवा उत्पादन गर्न लागेको छ। वृक्षरोपण कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यालयले यति धेरै बिरुवा उत्पादन गर्न लागेको हो। कार्यालयका निमित्त प्रमुख लोकजंग शाहीले यस वर्षबाट पाँच लाख १५ हजार बिरुवा उत्पादन गर्न लागेको बताए। कार्यालयको आफ्नै हाताभित्र उत्पादन सुुरु गरिएका बिरुवामा पाँच लाख पाते […]

बिरुवा बचाउनै मुस्किल

जिल्लामा हरेक वर्ष दुई लाखभन्दा बढी बिरुवा रोप्ने गरिएको छ । ती रोपिएका बिरुवा कति हुर्किए र कति मरे भन्ने तथ्यांक कसैसँग छैन । यद्यपि धेरै बिरुवा मर्ने गरेको सुन्ने गरिन्छ ।डिभिजन वन कार्यालय चितवनबाट मात्रै यो वर्ष दुई लाख ५० हजार बिरुवा सर्वसाधारणका लागि वितरण गरिएको छ । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार […]

हरित अभियान : बिरुवा लगाइए मात्रै जोगाइएनन्

रौतहट : ‘हरित अभियान २०७६’ अन्तर्गत रोपिएका बिरुवा रौतहटका कुनै पनि वनमा छैनन्। हरियाली प्रवर्धन गर्ने उद्देश्यले मधेश सरकारले उक्त अभियान सञ्चालन गरेको थियो।रौतहटका रंगपुर र वृन्दावनको रामलाल साझेदारी वन क्षेत्रको २४.७४ हेक्टरमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना, डिभिजन वन कार्यालय, रौतहटको संयोजन र सम्बन्धित साझेदारी वन उपभोक्ता समितिको सहसंयोजनमा बृहद् वृक्षारोपण गरिएको थियो।उक्त अभियानमा लगाएका बिरुवा रौतहटको कुनै पनि वनमा काम नलागेको स्थानीय बासिन्

डिभिजन वन कार्यालय राप्तीकाे ८ लाख ६३ हजार रुपैयाँ व्यक्तिगत खातामा

मकवानपुर - डिभिजन वन कार्यालय राप्तीकाे ८ लाख ६३ हजार रुपैयाँ कर्मचारीकाे व्यक्तिगत खातामा राखेकाे पाइएकाे छ।  बितेको आर्थिक वर्षमा निजी क्षेत्रका सिमेन्ट उद्योगसँग सम्झौता बमोजिमको रकम डिभिजन वन कार्यालय राप्तीका तत्कालीन सहायक वन अधिकृत प्रदीपनाथ शर्माले कार्यालयको खातामा राख्नुपर्ने रकम व्यक्तिगत खातामा राखेकाे पाइएकाे हाे ।  निजी क्षेत्रका सिमेन्ट उद्योग रिद्धिसिद्धी सिमेन्ट उद्योग र गुराँस सिमेन्ट उद्योगसँग नर्सरी मर्मत र बिरुवा उत्पादनका लागि भनेर सम्झौता गरेर दिएको भुक्तानी रकम सहायक वन ...

दाङमा घरघरमै पुगेर बिरुवा नि:शुल्क वितरण

दाङ - डिभिजन वन कार्यालय दाङले घरघरमै पुगेर नि:शुल्क बिरुवा वितरण सुरु गरेको छ । गाउँनगर बिरुवा वितरण तथा रोपण सहजीकरण अभियान कार्यक्रम अनुसार नागरिकलाई घरमै बिरुवा दिन सुरु गरिएको हो। बिरुवा लगाउन खोज्ने तर नर्सरीसम्म पुग्न झन्झट मान्नेहरुको सहजताका लागि घरघरमै बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । आज बिहानैदेखि दुई वटा गाडीमा माइकिङ गर्दै कर्मचारीसहित बिरुवा ढुवानी गरेका गाडीले घरमै बिरुवा पुर्याउने र रोप्न पनि सिकाउने उहाँले बताउनुभयो । ...

दाङमा बिरुवा हुर्काउन र संरक्षण गर्न 'एक विद्यार्थी दुई बिरुवा रोप्ने' कार्यक्रम

दाङ – दाङमा बिरुवा हुर्काउन र संरक्षण गर्न एक विद्यार्थी दुई बिरुवा कार्यक्रम सुरु गरिएको छ । रोपिएका बिरुवा हुर्काउन र संरक्षण गर्न विद्यालयसँग सहकार्य गरेर कार्यक्रम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत हरेक विद्यार्थीले दुई वटा बिरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम सुरु गरिएको हो । ‘एक घर दुई वृक्ष, सहर हाम्रो बनाउ स्वच्छ’ कार्यक्रम र विद्यालयको ‘एक व...

जडीबुटी तथा वनजन्य बिरुवा डिभिजन वनले निःशुल्क उपलब्ध गर्ने

रुकुम (पूर्व) : जडीबुटी तथा वनजन्य बिरुवा आवश्यक भएमा निवेदन पेश गर्न डिभिजन वन कार्यालय रुकुम पूर्वले आह्वान गरेको छ। वृक्षारोपण गर्ने सिजन सुरु भएसँगै डिभिजन वन कार्यालय रुकुम पूर्वले निःशुल्क बिरुवा उपलब्धका लागि निवेदन पेश गर्न जिल्लावासीलाई आह्वान गरेको हो।वन तथा जडीबुटीजन्य आवश्यक बिरुवा मागको लागि डिभिजन वन कार्यालय वा नजिकको सब डिभिजन वन कार्यालयमा निवेदन पेश गर्न आह्वान गरिएको डिभिजन वन अधिकृत जितेन्द्र सिंह खड्काले जानकारी दिए।वनजन्य बिरुवामा पैयुँ, चिउरी, सल्ला, टुनी, टाँकी लगायत

बिरुवा हुर्काउन किसानलाई अनुदान

दाङमा बिरुवा हुर्काउने किसानलाई प्रतिबिरुवा ३ रुपैयाँ अनुदान प्रदान गरिने भएको छ ।डिभिजन वन कार्यालय दाङले जडिबुटीका बिरुवा लगाउने किसानहरुलाई बिरुवा निःशुल्क उपलब्ध गराई बिरुवा हुर्काउने किसानलाई प्रोत्साहन स्वरुप नगद अनुदान उपलब्ध गराउने कार्यक्रम अगाडि बढाएको हो । दाङ जिल्ला सुगन्धकोकिला(मालगेडी), टिमुर, दालचिनी, कुरीलो, अमला, सर्पगन्धा लगाएतका जडिबुटीको व्यावसायिक खेतीको सम्भावना रहेकाले जडिबुटीको खेती गर्न […]