गोरखामा ९० हजार बिरुवा निःशुल्क वितरण गरिँदै

गोरखा– डिभिजन वन कार्यालय गोरखाले विभिन्न प्रजातिका ९० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्न लागेको छ । कार्यालयसहित सबडिभिजनमार्फत नर्सरीमा उत्पादन गरिएका बिरुवा जिल्ला भित्र वृक्षरोपणका कार्य बढाउने योजनासहित निःशुल्क वितरण गर्न सुरु गरेको कार्यालय प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए । कार्यालयले काष्ठजन्य, मसलाजन्य, खयर, बकाइनो, चिउरीलगायतका बिरुवा उत्पादन गरी वितरण गर्दै आएको उनको भनाइ […]

सम्बन्धित सामग्री

बेरोजगारी हटाउन फलफूल तथा जडीबुटीका बिरुवा वितरण

डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार आठ सय ४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ।

बेरोजगारी हटाउन फलफूल तथा जडीबुटीका बिरुवा वितरण

डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार आठ सय ४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ । सामुदायिक तथा कबुलियती वनलाई आयमूलक बनाउँदै स्थानीय उपभोक्ताका लागि रोजगारी सिर्जना गर्न वन कार्यालयले फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरेको हो ।

भूक्षय रोक्न एक लाख ६० हजार बिरुवा निःशुल्क वितरण गरिंदै

हरियाली प्रवद्र्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०ले २८ प्रजातिका एक लाख ६० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्यका साथ सर्वसाधारणलाई बिरुवा बाँड्न सुरु गरेको छ ।

भूक्षय रोक्न १ लाख ६० हजार बिरुवा निःशुल्क वितरण गरिँदै

मध्यविन्दु (नवलपरासी) । हरियाली प्रवद्र्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले २८ प्रजातिका एक लाख ६० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्यका साथ सर्वसाधारणलाई बिरुवा बाँड्न सुरु गरेको छ । वन कार्यालयले कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण थालेको हो । डिभिजन वन […]

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ । हरियाली बढाउन यहाँस्थित जिल्ला डिभिजन वन कार्यालयले ६५ हजार बिरुवा निःशुल्क वितरण गर्ने भएको छ । कार्यालयले आफ्नो नर्सरीमा हुर्काएका बिरुवा किसानलाई वितरण गर्न लागेको हो । उत्पादित तयारी बिरुवा असारको तेस्रो सातादेखि वितरण गर्ने कार्यालयको योजना छ । विगतको तुलनामा यस वर्ष थोरै बिरुवा हुर्काइएका छन् । वन कार्यालयको नर्सरीमा तीस हजार […]

हरियाली बढाउन वर्ष पैंसठ्ठी हजार बिरुवा वितरण गरिंदै

हरियाली बढाउन यहाँस्थित जिल्ला डिभिजन वन कार्यालयले ६५ हजार बिरुवा निःशुल्क वितरण गर्ने भएको छ। कार्यालयले आफ्नो नर्सरीमा हुर्काएका बिरुवा किसानलाई वितरण गर्न लागेको हो।

गार्माका किसानलाई वडा कार्यालयले दियो तरकारीका बिरुवा

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-७ काे वडा कार्यालयले गार्माका ८५ घरधुरी कृषकहरूलाई तरकारीको बिरुवा निःशुल्क वितरण गरेको छ । वडाका कृषकलाई तरकारी खेतीमा थप प्रोत्साहित गर्ने उद्देश्यका साथ ९ हजार बोट काउली, जुकुनी र बन्दाको बिरुवा वितरण गरिएको वडाअध्यक्ष सोनामग्याल्जेन शेर्पाले जानकारी दिए ।  गार्मा माविको प्राविधिक सहयोगमा उत्पादन गरिएको तरकारीको बेर्ना कृषकहरूलाई वितरण गरिएको वडाअध्यक्ष शेर्पाले बताए । वडाले क्याप्सिकन, गोलभेडा लगायतका तरकारीका बिरुवा वितरण गर्न लागेको उनको भनाइ छ ।   वडावासीको आर्थिक स्तर उकास्न तरकारीका बिरुवा वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

जडीबुटीका बिरुवा निःशुल्क वितरण

काठमाडौँ । औषधीजन्य वनस्पति लेमनग्रास, पत्थर चट्टा एवं गुर्जोका दुई हजार ५०० बिरुवा वितरण गरिएको छ । पतञ्जलि योग पीठ नेपाल, मण्डिखाटारको नवनिर्मित भवनको उद्घाटनका अवसरमा शुक्रबार निःशुल्करुपमा जडीबुटीका बिरुवा वितरण अभियानमा लाग्नुभएका आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले जडीबुटीका बिरुवा वितरण गरेका हुन् । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि लगायतलाई गुर्जोबाट बनेको […]

१ लाख ५० हजार बिरुवा निःशुल्क वितरण गरिने

डिभिजन वन कार्यालय बैतडीले यस वर्ष १ लाख ५० हजार बिरुवा निःशुल्क वितरण गर्दैछ । जिल्लाका विभिन्न पाँच स्थानमा नर्सरी स्थापना गरी उत्पादन गरिएका जडीबुटी, फलफूलका बिरुवा वितरण गर्न लागिएको हो ।  जडीबुटी, फलफूलका गरी १० प्रजातिका बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले जानकारी दिनुभय...

देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण

आन्तरिक राजश्व कार्यालय लहान–सिराहाका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले देशैभरि ‘गुर्जो’ को बिरुवा निःशुल्क वितरण गर्दै आउनुभएको छ । गुर्जो÷गुरगुज÷गिलोय÷गुडुची÷अमृता नियमित सेवन गर्दा निरोगी हुने बताउँदै आफूले अहिलेसम्म देश तथा विदेशमा गरेर २२ हजारभन्दा बढी गुर्जोको बिरुवा÷बेर्ना निःशुल्क वितरण गरेको जानकारी दिनुभयो । अधिकृत राजलवटले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी आगामी दिनमा गुर्जोलाई आफूले ७७ वटै जिल्लामा निःशुल्क वितरण गर्ने बताउनुभयो । गुर्जोको फाइदा धेरै भएकाले नेपालमा प्रत्येक घरघरमा त्यसको बिरुवा राख्नुपर्ने उहाँको भनाइ छ ।