गुरु पूर्णिमामा विद्यार्थीलाई बिरुवा उपहार, विद्यार्थीले घरमा लगेर राेपे

दाङ – गुरुपूर्णिमाको अवसर पारेर दाङकाे ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलका विद्यार्थीले आज साेमवार बिरुवा रोपेका छन् । डिभिजन वन कार्यालय दाङको सहयोगमा दुई वटा विद्यालयका एक हजार पाँच सय जना विद्यार्थीले दुई/दुई वटा बिरुवा घरमा लगेर रोपेका हुन् । विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने विद्यालयको वार्षिक कार्यक्रमअनुसार विद्यालयले एक जना विद्यार्थीलाई कम्तीमा दुई वटा बिरुवा प्रदान गरेको थियो । डिभिजन वन कार्यालय दाङको 'एक घर दुई वृक्ष, शहर हाम्रो बनाउ स्...