मतदाता नामावली अद्यावधिक गर्ने कार्यतालिका सार्वजनिक

काभ्रे ।  जिल्ला निर्वाचन कार्यालय काभ्रेपलान्चोकले चालु आर्थिक वर्षका लागि अन्तिम मतदाता नामावली तयार गर्ने प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन पछि जिल्लामा ५ सय ९४ मतदाता थपिएका छन् । ‘२०७९ फागुन २२ देखि वडा कार्यालय र जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा २०८० वैशाख ९ गतेसम्म […]

सम्बन्धित सामग्री

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका सहायक प्रवक्ता डा थानेश्वर भुसालद्वारा सोमबार जारी विज्ञप्तिमा यही फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । सो उपनिर्वाचनमा …

उपनिर्वाचन कार्यतालिका सार्वजनिक, चैत २४ गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले वैशाख १६ मा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । इलाम-२ र बझाङ प्रदेश सभा-१ मा हुने चुनावको लागि फागुन १६ देखि मतदाता नामावली अद्यावधिक गरी चैत २२ सम्म अन्तिम नामावली प्रकाशन गरिने उल्लेख छ ।

चितवन निर्वाचन क्षेत्र–२ : चैत २० गते उम्मेदवारी दर्ता हुने

चितवन : निर्वाचन आयोगले चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, चैत २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तालिका रहेको आयोगले जनाएको छ। आयोगले निर्वाचन तालिकाअगावै मतदाता नामावली अद्यावधिक...