निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका सहायक प्रवक्ता डा थानेश्वर भुसालद्वारा सोमबार जारी विज्ञप्तिमा यही फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । सो उपनिर्वाचनमा …