चितवन : निर्वाचन आयोगले चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरेको छ।
आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, चैत २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तालिका रहेको आयोगले जनाएको छ। आयोगले निर्वाचन तालिकाअगावै मतदाता नामावली अद्यावधिक...