बाँकेको कोहलपुरमा पनि डाेजर चल्याे, अतिक्रमित संरचना हटाउन थालियाे

बाँके – बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालिएको छ । कोहलपुर नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको नेतृत्वमा साेमवार न्युरोड क्षेत्रबाट डोजर लगाएर अतिक्रमित संरचना हटाउन सुरु गरेको हो । न्युरोडमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि कोहलपुर बसपार्क पुग्दा भने अवरोध भएको छ । व्यवसायीहरूले डोजर चालकमाथि ढुङ्गा प्रहार गर्न थालेपछि अवरोध हटाउने काम रोकिएको छ । स्थानीय व्यवसायीले विकल्प दिएर मात्रै संरचना हटाउनुपर्ने माग ...

सम्बन्धित सामग्री

सखडा रोडमा चल्यो राजविराज नगरपालिकाको डोजर

राजविराज-सखडा सडक खण्ड फराकिलो गर्न राजविराज नगरपालिकाले आज डोजर लगाएर अतिक्रमित संरचना भत्काउन सुरु गरेको छ । राजविराज नगरपालिका– ६ स्थित सखडा सडक–बागेश्वरी मन्दिरदेखि पूर्वी मोडसम्मको सडक आसपासका घरटहरालगायतका अतिक्रमित संरचना...

अतिक्रमित संरचना हटाउँदै बिन्दबासिनी गाउँपालिका

पर्साको बिन्दबासिनी गाउँपालिकाले बहुवर्वा भाठ्ठामा सडक चौडा पार्न सडकको क्षेत्रभित्र पर्ने अतिक्रमित संरचना हटाउन थालेको छ।...

अतिक्रमित संरचना हटाइयो

म्याग्दी । म्याग्दीको बेनीका विभिन्न सडक क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित भएको र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले व्यवसायीलाई अस्थायी टहरा, सटर, टंकी र ठेला हटाउन अनुरोध गर्दै गत मंसिरमा सार्वजनिक सूचना जारी गरेको थियो ।       भाडा सम्झौता नवीकरण नगरेको र सघन शहरी तथा भवन डिभिजन कार्यालयले सडक विस्तार योजनाको काम शुरू गरेपछि संरचना व्यवसायी आफैले हटाएका नगर कार्यपालिकाको प्रवक्ता रमेशकुमार श्रेष्ठले बताए । ‘तत्कालीन अर्थुंगे गाविससँग सम्झौता गरेर सार्वजनिक जग्गामा अस्थायी संरचना बनाएका व्यवसायीसँगको सम्झौता पछिल्लो समय नवीकरण नगरी विकल्प खोज्न भनेका थियौँ,’ उनले भने, ‘सडक विस्तारको काम शुरू भएपछि व्यवसायी आफैले संरचना हटाउनु भएको हो ।’      जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिका १५ ओटा सटर र टंकी व्यवसायी आफैले भत्काएर सामान, फर्निचर लगेका हुन् । ठेलामा फलफूल व्यवसाय गर्दै आएकाहरू दरवाङ बसपार्कमा सरेका छन् । सवारी साधनको चाप बढेको र सार्वजनिक जग्गामा रहेका अव्यवस्थित संरचनाका कारण आवतजावतमा समस्या, दुर्घटनाको जोखिम र बजार व्यवस्थापनमा समस्या भएपछि हटाइएको नगर प्रमुख सुरत केसीले बताए । रासस

अतिक्रमित संरचना हटाउँदै काठमाडौँ महानगरपालिका

काठमाडौँ,६ पुष । काठमाडौँ महानगरपालिका–१० रुद्रमती किनारस्थित देवीनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर र टहरा हटाउन थालिएको छ । महानगरपालिका नगर प्रहरीले आजदेखि अतिक्रमित संरचना हटाउन थालेको वडा नं १० का वडा सदस्य नरोज अर्यालले राससलाई जानकारी दिनुभयो । रुद्रमती किनारमा रहेको करिब १६ रोपनी सार्वजनिक जग्गा सुकुम्वासीका नाममा अतिक्रमण भएको छ । अतिक्रमणकारीले यस […]

धोबीखोला किनारका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले धोबीखोला किनारका अतिक्रमित संरचना हटाउन थालेको छ ।    काठमाडौं महानगर प्रहरीका अनुसार महानगरपालिकाको १० नम्बर वडाको धोबीखोला किनारमा रहेको देवीनगर क्षेत्रमा गैरकानुनी रूपमा बनाइएका अतिक्रमित संरचना हटाउन थालिएको हो...

धोबीखोला किनारमा महानगरले चलायो डोजर (भिडियोसहित)

काठमाडौं महानगरपालिकाले धोबीखोला किनार क्षेत्रको देवीनगरमा अतिक्रमित संरचना हटाउन डोजर चलाएको छ ।

देवीनगरका अतिक्रमित संरचना हटाउँदै महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला देवीनगरमा अतिक्रमित संरचना हटाउने भएको छ । काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले हटाउन लगाउन लागेको हो । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।

बाँकेको नरैनापुरमा अतिक्रमित संरचना भत्काउन थालियो

बाँकेको नरैनापुर गाउँपालिकामा अतिक्रमित संरचना हटाउन थालिएको छ । नरैनापुर गाउँपालिकाले सडक अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालका अनुसार पालिका क्षेत्रभित्र सार्वजनिक जग्गालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना गाँउपालिकाले डोजर लगाएर भत्काउन सुरु गरिएको छ । पहिलो चरणमा नरैनापुर वडा नं १ को […]

धोबीखोला कोरिडोरमा अतिक्रमित संरचना हटाइयो

धोबीखोला कोरिडोर सडकमा अनधिकृत रूपमा राखिएको निर्माण सामग्री र अतिक्रमित संरचना हटाउने काम शुरू भएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सडकमा अवैध रूपमा राखिएका निर्माण सामग्री र संरचना हटाउने काम अगाडि बढाउनुभएको हो ।