कोभिडको नयाँ प्रजाति पहिलेभन्दा खतरनाक भएको बेलायती प्रधानमन्त्री जोनसनको दावी

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दिन–प्रतिदिन बढ्दै गएको बताइरहेका बेला प्रधानमन्त्री जोनसनले यस्तो दावी गरेका हुन् । प्रधानमन्त्री जोनसनले भनेका छन्– यो भाइरस पहिलेको भन्दा धेरै नै खतरा छ । त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्ड अपनाउनुपर्ने हुन्छ । शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले यो भाइरस पहिलो पटक गत महिना मात्र इङ्गल्यान्डको केन्टमा देखिएको बताए । उनले सो पत्रकार सम्मेलनमा भने– यो नयाँ प्रजातिको भाइरस पुरानो भन्दा कम्तीमा पनि ७० प्रतिशत बढी मात्रामा सङ्क्रमण फैलिने खालको रहेको छ । पछिल्लो समयमा निकै सङ्क्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको समाचारमा जनाइएको थियो । बेलायतका स्वास्थ्य अधिकारीहरूले गएको बुधबार मात्र यहाँ त्यति धेरै नागरिकको ज्यान कोरोना भाइरसको सङमणबाट भएको जानकारी दिएका थिए । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेका केही हप्तायता धेरै जनाको ज्यान जान थालेको बताउने गरेका छन् । बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीले पनि यो सङ्क्रमण पुरानोभन्दा खतरनाक भएको प्रमाण मिलेको बताएका छन् । उनीहरूका अनुसार कोरोना भाइरसको पहिलेको सङ्क्रमणमा १ हजार जना सङ्क्रमितमा १० जनाको ज्यान गएको पाइएको थियो भने यो नयाँ प्रजातिको सङ्क्रमणमा भने एक हजार जना सङ्क्रमितमा १३ वा १४ जनाको नै निधन भएको पाइएको छ । बेलायतमा कम्तीमा पनि ३८ हजार नागरिक सङ्क्रमित भएर अस्पतालमा रहेका छन् । याँ प्रजातिको भाइरस बेलायतमा प्रवेश गरेपछि यसले पहिलेको भन्दा पनि धेरै मानिसलाई सङ्क्रमित बनाएको छ । बेलायतमा कोरोनाको पहिलो वेभ आएको थियो । सो वेभका बेलामा भन्दा यस पटकको यो नयाँ सक्रमणले गर्दा कम्तीमा पनि ७८ प्रतिशत बढी मात्रामा नागरिकलाई सङ्क्रमित तुल्याएको छ । (रासस/सिन्ह्वा)

सम्बन्धित सामग्री

बेलायती प्रधानमन्त्री लिजद्वारा पदबाट राजीनामा

काठमाडौँ– बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छिन् । बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै प्रधानमन्त्री ट्रसले पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् । पछिल्ला केही दिनयता आफ्नै पार्टी र मन्त्रिपरिषद्का सदस्यहरूले उनको नेतृत्व प्रति असन्तोष व्यक्त गर्दै आएका थिए । बुधबार मात्रै बेलायती गृहमन्त्री सुएला ब्रेभरम्यानले राजीनामा दिएकी थिइन् । ४५ […]

बेलायती प्रधानमन्त्री ट्रसद्वारा पदबाट राजीनामा

बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री बनेको ४५ दिनमै बिहीबार प्रधानमन्त्री ट्रसले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ। आफू जुन म्यान्डेटका साथ प्रधानमन्त्री बनेको हो त्यो पूरा गर्न नसक्ने भएपछि आफूले राजीनामा दिएको प्रधानमन्त्री ट्रसले बताएकी छन्। बिहीबार पत्रकारहरुसँग बोल्दै उनले यस्तो बताएकी हुन्। उनले भनिन्,’मलाई लाग्छ कि, जुन अवस्थामा कन्जर्भेटिभ पार्टीले, […]

बेलायती प्रधानमन्त्री लिज ट्रस पतनोन्मुख

बेलायती प्रधानमन्त्री लिज ट्रसले ४० दिनदेखि लगातार उपहास सहिरहेकी छिन् । उनको ‘संक्षिप्त बजेट’, जसलाई उनले आफ्नो खुला बजारको एजेन्डालाई पुष्टि गर्न प्रयोग गरेकी थिइन्, त्यो पूर्ण रूपमा असफल भएको छ ।...

बेलायती प्रधानमन्त्री जोन्सनले दिए राजीनामा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।...

बेलायती प्रधानमन्त्री जोनसनद्वारा पदबाट राजीनामा

काठमाडौँ– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् । बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले राजीनामा दिएको घोषणा गरेका हुन् । ‘नयाँ नेता चुन्ने प्रक्रिया अब सुरु हुनुपर्छ ।’ प्रधानमन्त्री जोनसनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद् तथा उनी नेतृत्वको मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरुले […]

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गरेका छन्।

बेलायती प्रधानमन्त्री जोन्सन भारतमा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत आएका छन्। हालै युक्रेनको भ्रमण गरेका जोन्सनले युक्रेन युद्धमा रुसको आलोचना नगरेको भारतलाई दबाब दिने ठानिएको छ। तर, युक्रेनमाथि भएको रुसी आक्रमणको विरोधका लागि संयुक्त राष्ट्रसंघमा दर्ता गरिएका प्रस्तावमा मतदान नगरिरहेको भारतलाई जोन्सनले ‘लेक्चर’ नदिने समाचार संस्था पिटिआईले जनाएको छ। जोन्सन बिहीबार बिहान भारत ओर्लिएका हुन्। […]

बेलायती प्रधानमन्त्री जोन्सन सुटुक्क पुगे युक्रेनी

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन शनिबार सुटुक्क युद्धग्रस्त युक्रेनी राजधानी कीभ पुग्नुभएको छ । युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुग्नुभएको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ । कीभ पुगेर जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको तस्विर त्यहाँस्थित बेलायती दूतावासले सार्वजनिक गरेपछि जोन्सनको भ्रमण सार्वजनिक भएको हो । जेलेन्स्कीसंगै कीभका सडकमा निस्केर जोन्सनले स्थानीय […]

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृशोक

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकी आमा शारलोट जोन्सनको निधन भएको छ। ७९ वर्षीया शारलोटको लण्डनस्थित सेन्ट मेरिज अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ। ४० वर्षको उमेरमा नै पार्किन्सनको समस्याबाट पीडित शारलोटले आफ्नो व्यवसायिक चित्रकारितालाई पनि अगाडि बढाएकी थिइन्। १९४२ मा जन्मिएकी शारलोट जोन्सनका बुबा सन् १९७० मा युरोपेली आयोगका अध्यक्षसमेत थिए। प्रधानमन्त्री बोरिस जोन्सन, पत्रकार र्‍याचल, […]

बेलायती प्रधानमन्त्री जोन्सन दम्पती दोस्रो सन्तानको स्वागत गर्दै

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनकी पत्नी क्यारी सिमण्ड्सले दोस्रो सन्तानको स्वागत गर्ने भएका छन् । गर्भपतन भएको केही महिनापछि क्यारी फेरि गर्भवती भएकी हुन् । ३३ वर्षकी क्यारीले इन्स्टाग्राम मार्फत आफू गर्भवती भएको जानकारी दिएकी हुन् । आउँदो क्रिसमस आसपासमा सन्तान जन्मिने उनले उल्लेख गरेकी छन् । गएको वर्षको अप्रिलमा जोन्सन र क्यारीको पहिलो […]