काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो घरेलु मैदानमा सोमबार (भोलि) युएईविरुद्धको ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ। नेपालले दोस्रो खेल ३० कात्तिकमा खेल्दा अन्तिम खेल २ मंसिरमा खेल्नेछ।प्रशिक्षक मनोज प्रभाकरले युएईसँगको सिरिजलाई क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध खेलको तयारीका लागिसमेत महत्वपूर्ण हुने बताए।उनले भने‚ ‘युएई बलियो छ, भर्खरै विश्वकप खेलेर आएको टिमविरुद्ध प्रतिस्पर्धा गर्न पाउनु राम्रो अवसर हो।’ उनले नेपाली टिममा सुधार हुँदै गएक