निषेधाज्ञा उल्लङ्घन गर्नेलाई पाँच लाखसम्म जरिवाना

सङ्खुवासभामा कोरोना संक्रमण घट्न नसकेपछि निषेधाज्ञालाई थप कडाइ हुने भएको छ । जिल्लामा निषेधाज्ञा उल्लङ्घन गरे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । निषेधाज्ञाको समयमा कसैले बाधा अवरोध गरे एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।  मङ्गलबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै उल्लङ्घन गर्नेलाई दण्ड र जरिवाना समेत कार्यन्वयन गर्ने निर्णय भएको हो । नेपाल सरकारको कोभिड व्यवस्थापन सम्बन्धी २०७८ मा जारी गरेका अध्यादेशअनुसार कोही कसैले मा...

सम्बन्धित सामग्री

निषेधाज्ञा उल्लङ्घन गर्नेबाट एक लाख जरिवाना

कोरोना महामारीका कारण जिल्लाभरीमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले रु एक लाख २८ हजार ६०० जरिवाना गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६ व्यक्ति, दुई मोटरसाइकल तथा २४ चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरी उक्त जरिवाना असुल गरिएको हो ।निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रहरीले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा २१ (२) बमोजिम कारबाही गरिएको जिल्ला

आदेश जारी गर्ने अधिकारीबाटै निषेधाज्ञा उल्लङ्घन

राम धामी, डडेल्धुरा । डडेल्धुरा जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे आफैं भीडभाडका कार्यक्रममा सहभागी भएर निषेधाज्ञा उल्लङ्घन गर्न थाल्नुभएको छ । कोरोना भाइरस महामारी संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेको छ । गत वैशाख १६ गतेदेखि डडेल्धुरामा निषेधाज्ञा जारी छ । […]

सरकारी गाडीमा ‘डेटिङ’ जाने आयोजना प्रमुखलाई कारबाही गर्न गृहको निर्देशन

काठमाडौं : निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ जाने सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुखलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई निर्देशन दिएको हो।सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले आयोजना प्रमुख श्रेष्ठलाई कारबाहीका लागि गृहबाट पत्र प्राप्त भएको बताए। ‘गृहबाट कारबाहीका लागि आज पत

निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कार्वाही

चितवन। कोरोनाका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कार्वाही गरिएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कार्वाही गरिएको हो। उनका अनुसार उनीहरुलाई रु एक हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको छ। निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी व्यवसाय सञ्चालन गरेकाले उनीहरुलाई कार्वाही गरेको हो।

निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कारबाही

चितवन । कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो । उनका अनुसार उनीहरुलाई रु एक हजारदेखि १० हजारसम्म जरिवाना गरिएको छ । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको […]

आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।  मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो । निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना  वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान  छ ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९  नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा   कैद सजाय दुवै हुन सक्न

सिन्धुलीमा  निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही

कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने भए पनि निषेधाज्ञा उल्लङ्घन गर्नेको सङ्ख्या भने बढ्दो छ ।           निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, डेरी, फलफूल बाहेकका सबै पसल बन्द गर्ने, अत्यावश्यक बाहेकका सबै सवारी चल्न नपाउने निर्णय प्रशासनले गरे पनि दैनिक रूपमा निषेधाज्ञा उल्लङ्घन गर्ने बढेपछि उनीहरूलाई कारबाही गर्दै आएको छ ।

प्रशासनको निषेधाज्ञा उल्लङ्घन गर्दै वडा

न्युज अफ नेपाल, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको निषेधाज्ञा नै उलघन हुने गरी थाहा नगरपालिकाको ७ नम्बर वडा कार्यालयले छुट्टै निर्णय गरी पालनाका लागि सर्वसाधारणलाई सूचना गरेको छ । वडाध्यक्ष सनमसिं मुक्तानद्वारा जिल्ला प्रशासन कार्यालयकै निषेधाज्ञा उलंघन हुने गरी सूचना जारी भएको हो । जिल्ला प्रशासनले बैशाख ३० गते जारी गरेको निषेधाज्ञामा अत्यावश्यक पसलहरु […]

निषेधाज्ञा उल्लङ्घन गर्दै जीप व्यवसायी

जिल्लामा नयाँ भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएपछि सङ्कट व्यवस्थापन समिति बाजुराले निषेधाज्ञा गरेको जीप व्यवसायीहरुले उल्लङघन गरेको छन् । मार्तडी–कोल्टी चल्दै आएका जीपहरुले जिल्ला प्रशासन कार्यालय बाजुराको अनुमति नलिएर सञ्चालन गर्दै आएको पाइएको छ ।  निषेधाज्ञामा सवारी साधनलाई अनुमती बिना चलाउन नपाइने प्रशासनको निर्णयलाई अवज्ञा गर्दैसदरमुकाम मार्तडीको बाउली खोलाबाट कोल्टीसम्मका जीपहरु चल्ने गरेका छन् । जीप व्यवसायीहरुले काठमाडौँलगायतका शहरबाट भएका यात्रुलाई दोब्बर भाडा असुल्दै जीप चलाउने ...

निषेधाज्ञा उल्लङ्घन गर्ने ७ जना प्रहरीको नियन्त्रणमा

सुर्खेत प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै ७ जनालाई नियन्त्रणमा लिएको छ ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ६ बसपार्कमा अनिल बिसीले सञ्चालन गरेको स्नोकर हाउसबाट सात जनालाई नियन्त्रणमा लिइएको प्रहरीले  बताएको छ ।  पक्राउन पर्नेमा  वीरेन्द्रनगरपालिका –३ बस्ने घनश्याम केसी, आकास देवकोटा, वीरेन्द्र शाही, राज घर्ती मगर, बिनय बुढा, आकास प्याकुरेल र कबिर खान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए ।उनीहरुलाई संक्रामक रोग