आदेश जारी गर्ने अधिकारीबाटै निषेधाज्ञा उल्लङ्घन

राम धामी, डडेल्धुरा । डडेल्धुरा जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे आफैं भीडभाडका कार्यक्रममा सहभागी भएर निषेधाज्ञा उल्लङ्घन गर्न थाल्नुभएको छ । कोरोना भाइरस महामारी संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेको छ । गत वैशाख १६ गतेदेखि डडेल्धुरामा निषेधाज्ञा जारी छ । […]

सम्बन्धित सामग्री

सरकारलाई सर्वोच्चले सोध्यो- बानेश्वरदेखि माईतीघरसम्म निषेधाज्ञा किन जारी गरेको ?

सरकारलाई सर्वोच्चले सोध्यो- बानेश्वरदेखि माईतीघरसम्म निषेधाज्ञा किन जारी गरेको ?काठमाडौं,८ मंसिर । बानेश्वरदेखि माइतीघरसम्म निषेधाज्ञा जारी गर्ने सरकारको निर्णयरिुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले अधिवक्ताद्धय भद्रप्रसाद नेपाल र प्रेपराज सिलवालले दायर गरेको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । भट्टराईको एकल […]

मलङ्गवामा निषेधाज्ञा जारी

सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलङ्गवा–३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन …

धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

कैलालीः धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीय  चेतना साउदको मृत्यु भएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेपछि हट्ने भएको छ। भोलि बिहान ४ बजेपछि मात्रै निषेधाज्ञा हट्ने आदेश जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। पञ्चोदय मावि धनगढीमा अध्ययनरत छात्रा साउदको बिहीबार धनगढी उपमहानगरपालिका–५ मा कालिका कन्स्ट्रक्सनको ग्रेडरले…

धनगढी बजारमा निषेधाज्ञा जारी

कैलालीः कैलालीको धनगढी बजारमा निषेधाज्ञा जारी गरिएको छ। कैलालीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा अध्ययनरत छात्रा चेतना साउदको ग्रेडरले कुल्चिएर मृत्यु भएपछि विद्यार्थीहरूले धनगढीमा आज दिनभर प्रदर्शन गरेका थिए। सोही घटनालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय कैलालीले अर्को आदेश जारी नभएसम्मका लागि बिहीबार बेलुका ७ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको…

विद्यार्थीको आन्दोलन चर्किएपछि धनगढीमा निषेधाज्ञा

धनगढी – जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ। बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना प्रकाशित गरी धनगढीलाई निषेधित क्षेत्र घोषणा गरिएको जनाएको छ। धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएपछि […]

रुपन्देहीको मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी

रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा कर्फ्यु आदेश जारी गरेको छ । आइतबार बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त भएपछि प्रशासनले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको हो । प्रशासनले निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न तनावका कारण कर्फ्यु आदेश जारी गरेको जनाएको छ । जारी आदेशमा पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका– १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।औद्य

अफगानिस्तानमा तालिवान आक्रमण नियन्त्रणका लागि रातमा निषेधाज्ञा आदेश जारी

अफगान अधिकारीहरूले तालिबानी आक्रमण बढेको भन्दै नियन्त्रणका लागि देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातमा निषेधाज्ञा आदेश जारी गरेको यहाँको आन्तरिक मन्त्रालयले जानकारी गराएको छ ।मेको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेको छ ।  “हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुल, पञ्जशीर र नान्गाहरबाहेक देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यू लागू गरिएको छ” विज्ञप्तिमा भनिएक

निषेधाज्ञा जारी गर्न बाँकी चार जिल्ला

काठमाडौं । मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । त्यसमध्ये सात जिल्लामा आंशिक आदेश लागू छ । यद्यपि सङ्क्रमणको गति भने कम हुनाको साटो बढ्दो छ । नेपालमा यही वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो । वैशाख १६ गतेदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएक

३० जिल्लामा लगाइयाे निषेधाज्ञा (नामसहित)

काठमाडौं : कोरोना महामारीले विकराल रुप लिँदै जाँदा देशभरका अधिकांश जिल्लाले निषेधाज्ञा जारी गरेका छन्। गृह मन्त्रालयले शनिबार साँझसम्ममा २९ जिल्लाले निषेध आदेश जारी गरेको जनाएको छ। यस्तै मकवानपुरले पनि आज रातिदेखि जिल्लाका केही ठाउँमा निषेध आदेश जारी गरेको छ। गृह मन्त्रालयका अनुसार २३ वटा जिल्लामा  पूर्ण र ७ जिल्लामा  आंशिक निषेधाज्ञा जारी भएको छ।  निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ९ जिल्लामा आइतबारदेखि लागू हुनेछ।  मोरङ, द