सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–४ बाट कटुवा पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदह सप्तरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक धनकुमार घिमिरेको कमाण्डमा खटिएको गस्ती टोलीले हनुमाननगर कङ्कालिनी–४ बस्ने शत्रुधन रामलाई हतियारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । घरमा अवैध हतियार कटुवा पेस्तोल लुकाइछिपाई राखेको भन्दै घर कोठा तथा गाई गोठसमेत खानतलासी गर्दा गाई गो