देउखुरीमा लुम्बिनी प्रदेश सभा बैठकका लागि प्रदेश सभाहल निर्माणको काम सुरु

दाङ - दाङको देउखुरीमा लुम्बिनी प्रदेश सभा बैठक सञ्चालनका लागि प्रदेश सभाहल निर्माणको काम सुरु भएको छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन गरिएको निषेधाज्ञामा समेत सावधानी अपनाएर प्रदेश सभाहल निर्माणको काम भइरहेको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिनुभयो । उहाँका अनुसार ५ करोड २१ लाख रुपैयाँको लागतमा बन्ने सुविधा सम्पन्न प्रदेश सभाहल निर्माणको काम चलिरहेको छ । स्थानीय कामदारहरुले आवासीय रुपमा बसेर निर्माणको कामलाई निरन्तरता दिइरहेका अधिक...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

काठमाडौं । लुम्बिनी प्रदेश सभा बैठक शनिबार बस्दैछ । असार २० गते राति १८ औं बैठकबाट आगामी वर्षको बजेट पारित भएसँगै सभामुख तुलाराम घर्तीले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको थियो । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औं बैठक शनिबार दिउँसो १ बजेका लागि आह्वान गरिएको […]

लुम्बिनी प्रदेश सभा बैठकः बजेटमाथिको छलफलमा कसले के भने?

दाङ – लुम्बिनी प्रदेश सभा बुधबार व्यस्त रह्यो। प्रमुख प्रतिपक्ष दलको विरोधका कारण पूर्णरुपमा सञ्चालन हुन नसकेको बैठक सहमति भएपछि निरन्तर रुपमा चलिरह्यो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको विशेष सम्बोधनपछि बैठकले निरन्तरता पायो। दोस्रो अधिवेशनको १७ औँ बैठक ३ घण्टा ४० मिनेट चल्यो। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश डुब्दा सत्तापक्ष र प्रतिपक्ष दुवै डुब्ने भएकाले […]

लुम्बिनी प्रदेश सभा नियमावली पारित, अर्को बैठक ३ माघमा

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ । सोमबार सुरु भएको अधिवेशनको दोस्रो बैठकमा ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको हो । यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, […]

लुम्बिनी प्रदेश सभा नियमावली पारित, अर्को बैठक माघ ३ मा बस्ने

दाङ – प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ। ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो। यही नियमावलीको आधारमा प्रदेश सभाले आफ्ना गतिविधि अघि बढाउनेछ। यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, त्यो नियमावली ५० प्रतिशतभन्दा बढी […]

सदन सञ्चालनकाे पर्खाइमा लुम्बिनी प्रदेश सभा भवन

दाङ – लुम्बिनी प्रदेश सभा भवनः सदन सञ्चालनको पर्खाइमा छ। प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा ५ करोड २० लाख खर्चेर प्रदेश सभा भवन तयार पारेको हो। दोस्रो कार्यकालको पहिलो अधिवेशन र सपथ यहीँ खुवाउने तयारी छ।

लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटना

राष्ट्रिय सभा निर्वाचनको मतदानको लागि पालिका घोराही आउँदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका छन् । उनको हातमा...

लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी मतदानको लागि आउँदा दुर्घटना

दाङ– राष्ट्रिय सभा निर्वाचनको मतदानको लागि घोराही आँउदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका छन । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । सांसद चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाउँपनलिका– १ कालाकाटे […]

आजका लागि बाेलाइएकाे लुम्बिनी प्रदेश सभा बैठक स्थगित

रुपन्देही – आज साेमवारका लागि बाेलाइएकाे लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ ।  प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो वडा र पालिकाको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि आजका लागि बोलाइएको बैठक आउँदो ११ गते बिहीवारसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि पनि एमाले विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित गरिएको थियो । बैठकमा सहभागिता जनाए पनि एमालेले भदौ १ गतेदेखि सुरू भएको हिउँदे अधिवेशनमा निरन्तर अवरोध गर्दै आएको छ ।

लुम्बिनी प्रदेश सभा बैठक आजपनि स्थगित

बुटवल, भदौ ३० । आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभा बैठक एक दिन पर सारिएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भोली भदौ ३१ गते दिउँसो १ बजे बस्नेगरि सारिएको हो । प्रदेश सभा सचिवालयका अनुसार प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक दुई पटक स्थगित भइसकेको छ ।

एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

१ भदौ,बुटवल । नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । दिउसो १ बजेका लागि समय तोकिएको बैठक डेढ घण्टा ढिलो साढे २ बजे मात्रै शुरु भएको थियो । बैठक शुरु गर्दै सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन थालेलगत्तै एमाले सांसदहरु उठेर होहल्ला र नाराबाजी शुरु गरेका थिए । […]