नविन सुब्बा फिल्म निर्देशनमा फर्किएका छन् । करिव दश बर्ष अगाडि ‘गुड बाई काठमाडौं’ निर्देशन गरेका सुब्बा ‘गाउँ आएको बाटो’ फिल्म मार्फत निर्देशनमा फर्किन लागेका हुन् । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरिएको हो । धेरैपछि निर्देशकमा फर्किन पाउँदा खुसी लागेको सुब्बाले बताए ।फिल्म ‘गाउँ आएको बाटो’ भोजपुरको ग्रामिण क्षेत्रमा छायांकन हुनेछ । राई समुदायको कथामा निर्माण हुन लागेको फिल्ममा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई