पब्जीसँगको सहकार्यमा गेमिङ प्याकेज सार्वजनिक गर्दै वर्ल्डलिंक

वर्ल्डलिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ। इ-स्पोर्टस् समूदायलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले गेमिङ प्याकेज ल्याउन लागेको हो। मोबाइल गेमिङ समूदायका लागि प्रतिक्षित मानिएको उक्त प्याकेज केहि इ-स्पोर्टस् खेलाडिले परिक्षणका रुपमा प्रयोग गर्दै आएका थिए। उनीहरुले उक्त प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी...

सम्बन्धित सामग्री

चितवनमा वर्ल्डलिंक कम्युनिकेसनको रक्तदान

चितवन । वर्ल्डलिंक कम्युनिकेसन, चितवनले रक्तदान कार्यक्रम आयोजना गरेको छ । वर्ल्डलिंकको २८ औं वार्षिकोत्सव, तीज पर्व तथा आठ लाख सेवाग्राही पुगेको अवसरमा शनिवार कम्पनीले रक्तदान गरेको हो । कार्यक्रममा ४ महिलासहित ५२ जनाले रक्तदान गरेको वर्ल्डलिंकले जनाएको छ ।  भरतपुरको चौविसकोठीमा भएको रक्तदान कार्यक्रमको उदघाटन गर्दै भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वर्ल्डलिंकले रक्तदान कार्यक्रम गरेकोमा धन्यबाद दिए । उनले हरेक संघसंस्थाले विभिन्न पर्व र आफ्नो उत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरे रगतको अभाव नहुने बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले वर्ल्डलिंकले गरेको सामाजिक कामको सबैले अनुसरण गर्नुपर्नेमा जोड दिए । उनले यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिन समेत अनुरोध गरे । कार्यक्रममा वर्ल्डलिंक चितवनका शाखा प्रमुख नारायणकुमार घर्तीले आगामी दिनमा पनि कम्पनीले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिंँदै जाने बताए ।

वर्ल्डलिंक र पब्जीबीच सम्झौता

काठमाडौं : मोबाइल गेम पब्जीले नेपाली गेमरहरूको गेमिङलाई चुस्त बनाउने प्रयास थालेको छ। यसका लागि पब्जीले वर्ल्ड लिंकसँग आइतवार सहकार्य गर्ने सम्झौता गरेको छ।गेमरका लागि उच्च गतिको इन्टरनेट उपलब्ध गराउने औपचारिक सम्झौता गर्दै पब्जी मोबाइलले नेपालमा गेमिङमा अभूतपूर्व परिवर्तन गर्ने घोषणा गरेको छ।नेपालमा मोबाइल गेमिङको आकर्षण बढ्दै गएपछि पब्जीले नेपालमा वर्ल्ड लिंकसँग औपचारिक सहकार्य थालेको हो। पब्जीका अनुसार नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू छन्।‘मोबाइल गेमिङ मनोरञ्जनको प्रमुख साध

वर्ल्डलिंक कम्युनिकेशन्सको सेवा लिने ७ ग्राहकलाई स्मार्ट टिभी कोसेली

वर्ल्डलिंक  कम्युनिकेशन्स लिमिटेडले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ ।वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी ७ जना ग्राहकलाई टेलिभिजन कोसेली दिएको हो ।१ लाखदेखि ७ औँ लाख ग्राहक नम्बर भएका ग्राहकलाई कोसेली प्रदान गरेको  वर्ल्डलिंकले जनाएको छ । टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौँडाका निरज बराइली, झापा बिर्तामोडकी मनिसा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर

वर्ल्डलिंक कम्युनिकेशनका निर्देशक लक्ष्मण यादव सम्मानित

काठमाडौं, १७ साउन । नेपालकै ठूलो ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका निर्देशक लक्ष्मण यादव सम्मानित भएका छन् । मधेश प्रदेशको वीरगञ्जमा आयोजित औद्योगिक सम्मेलनमा सहभागी यादवलाई मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री शत्रुधन महतो, नेपालका लागि बेलायती राजदूत निकोला पोलिटलगायतको उपस्थितिमा उक्त सम्मानपत्र प्रदान गरिएको हो । मधेश प्रदेश ,आर्थिक वृद्धिमा भएको प्रगतिको पूनरावलोकन र […]

खल्तीमा वर्ल्डलिंकको लगानी

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ।

वर्ल्डलिंक कम्युनिकेसन्सको ईन्टरनेट सेवा अब मनकामनामा पनि विस्तार

वर्ल्डलिंक कम्युनिकेसन्सले गोरखास्थित मनकामनामा सेवा विस्तार गरेको छ । यसअन्तर्गत कम्पनीले सहज रूपमा ग्राहकलाई ब्रोडब्याण्ड इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउने जनाएको छ ।  वर्ल्डलिंकले देशभर ३०, ४०, ६०, ८० र १०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ । साथै कम्पनीले हालै नेपालमै पहिलोपटक नयाँ प्रविधि मेश वाई–फाईसँगै ३०० एमबीपीएसको इन्टरनेट...

नेपाल सुपर लिगमा वर्ल्डलिंक कम्युनिकेसन्सको सहभागिता

काठमाडौं (अस) । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड खुकुरी नेपाल सुपर लिग २०२१ को प्रत्यक्ष प्रसारणमा जोडिएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीद्वारा सञ्चालित सुपर लिग एपीवान टीभी च्यानलबाट प्रत्यक्ष प्रसारण  भइरहेको छ । एपीवानले खुकुरी नेपाल सुपर लिगका म्याच २५ दिनसम्म प्रत्यक्ष प्रसारण गर्नेछ । लिगमा ७ प्रदेशका ७ वटै टिमबीच २५ वटा म्याच खेलाइनेछ । टुर्नामेन्टले नेपालका उदीयमान फुटबल खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर दिने र लाखौं दर्शकको सहभागिता हुने हुँदा यसमा जोडिएको वल्र्डलिंकका निर्देशक मनोज अग्रवालले बताए । खुकुरी नेपाल सुपर लिग २०२१ नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग हो ।