खल्तीमा वर्ल्डलिंकको लगानी

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ।

सम्बन्धित सामग्री

विश्वभर बढेको महंगीले घरजग्गा बजारलाई दोहोरो झट्का !

माघ १३, काठमाडौं । कोरोना भाइरसको महामारी बीच पछिल्लो समय विश्वभर महँगी बढेको छ । ओमिक्रोन भेरिएन्टको प्रकोपको साथै मुद्रास्फीतिमा भइरहेको वृद्धितर्फ औंल्याउँदै बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि विश्वको आर्थिक वृद्धिदरको प्रक्षेपण घटाएको छ । यूरोजोनमा मुद्रास्फीति डिसेम्बरमा नै ५ प्रतिशतको कीर्तिमानी उचाईमा उक्लिएको थियो । अमेरिकामा मुद्रास्फीति ४० वर्षयता कहिले नदेखिएको स्तरमा पुगेको छ । जापानलगायत अन्य कयौं देशमा पनि महँगी बढेको बढ्यै छ ।  बेलायतमा पनि महँगी बढेर करीब ३० वर्षयताकै उच्च विन्दुमा उक्लिएको छ । इन्धन, खाद्य वस्तु र घरको भाडालगायतको भाउ बढ्दा महँगी बढेको छ । डिसेम्बरमा बेलायतमा उपभोक्ता मूल्य सूचक (सीपीआई) मा आधारित मुद्रास्फीति ५ दशमलव ४ प्रतिशतमा पुगेको थियो । यो सन् १९९२ को मार्च यताकै उच्च हो । त्यति बेला बेलायतमा महँगी ७ दशमलव १ प्रतिशत थियो ।  घरजग्गा बजारको लागि समस्या दोब्बर हुन सक्ने चिन्ता विज्ञहरुले गरेका छन् । एनएपीबीका जोनाथन रोलान्देका अनुसार महँगीले घर जग्गा बजारलाई दोब्बर झट्का दिन सक्नेछ । अहिले विश्वभर खाद्यान्न र इन्धनको शुल्कमा भएको वृद्धिका कारण महँगी सन् १९९२ यताकै उचाईमा भएकोले पहिलो त मानिसहरुसँग खर्च गर्नका लागि खल्तीमा कम पैसा हुनेछ ।  ‘मूल्यमा तोकिएको सीमा हटाएपछि ऊर्जाको महसुल आगामी केही महीना थप ५० प्रतिशतले बढ्न सक्नेछ’, उनले भने । यस्तोमा नयाँ वित्तीय जिम्मेवारी पूरा गर्न सक्छु भनेर ढुक्क हुन नसक्दा पहिलो पटक घरजग्गा किन्न लागेका सम्भावित क्रेताहरुले पर्ख र हेरको नीति अपनाउने छन् । फलतः बजारमा घर क्रेताको अभाव हुने उनको भनाइ छ ।  महँगी बढ्दा सर्वसाधारणको जीवनयापन खर्च बढ्ने अनि यसले बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई) माथि फेब्रुअरीमा बस्ने नीतिगत बैठकमा ब्याजदर बढाउन दबाब बढ्नेछ । बीओईले डिसेम्बरमा पनि ब्याजदर बढाएको थियो । ब्याजदर बढ्यो भने नयाँ घर क्रेताको चिन्ता त बढ्ने नै छ, अहिले घरको मासिक किस्ता तिरीरहेका विद्यमान घरमालिकमाथि तिर्नु पर्ने ब्याजको आकार पनि बढ्नेछ ।  घर क्रेताका लागि दोस्रो झट्का चाँहि बीओईबाट आउन सक्ने रोलान्दे बताउँछन् । महँगी घटाउन बीओईसँग सीमित उपायहरु भएकोले उसले ब्याजदर बढाउने उपायमाथि भर गर्नु पर्नेछ । यसले गर्दा सर्वसाधारणको खल्तीमा पैसा झनै कम हुनेछ । उनीहरुले कम खर्च गरे भने मुद्रास्फीति पनि साम्य हुनेछ तर अहिले विलासी वस्तुको रुपमा हेरिने उपभोग्य वस्तु मात्रै नभएर दैनिक अत्यावश्यक उपभोग्य वस्तुको समेत भाउ बढेको छ । खानेकुरा कम खाने, पानी कम चलाउने, वत्ती पनि नबाली अँध्यारोमा बस्ने, चिसो हुँदा हिटर पनि नताप्ने ?  के गर्ने के नगर्ने ? सबै त अत्यावश्यक हुन् ।  ‘त्यसैले ब्याजदर बढेपनि मुद्रास्फीति वृद्धि नियन्त्रित नहुन सक्छ । यसले उल्टै ब्याजदर झनै बढाउन सक्छ कि ?’ रोलान्देले चिन्ता व्यक्त गरेका छन् ।  ब्याजदर बढेमा अहिले घरजग्गा किन्नका लागि लिएको कर्जा तिरिरहेका अनि कर्जा लिएर घरजग्गा किन्नेबारे सोचिरहेका करोडौं मानिसहरुका लागि समस्याकारी हुनेछ । त्यसैले आफूहरुले आगामी तीन महीना सचेत भएर बजारको अवस्था हेर्नुपर्ने उनले बताएका छन् । नेपालमा पनि महंगी धेरै बढीसकेको छ । यसको असर यहाँको घरजग्गा व्यवसायमा प्रत्यक्ष परिरहेको देख्न सकिन्छ । पछिल्लो ३/४ महीनादेखि घरजग्गा विक्री नहुँदा बैंक ऋणको ब्याज खप्टिदै गएको छ । यसले ऋण लिएर जग्गामा लगानी गरेका लगानीकर्तालाई अत्याएको छ । तर उनीहरुसँग पनि अहिले अरु विकल्प छैनन् । यस्तोमा केही व्यवसायीहरुको वित्तीय अवस्था खराब हुन सक्छ । (एजेन्सीको सहयोगमा)

धनी बन्ने सूत्र

अहिले सबैलाई रातारात धनी बन्नु छ । जान्नेहरूले त कमाइरहेकै छन् । नदी, बगर, खोलामाथि नै सही सपनाका महल पनि ठड्याइरहेकै छन् । यो लेखक जस्ता नजान्नेहरू चैं समुन्नतिका किनारामा बसेर अरूको प्रगतिको महलमुनि थुक निलेर हेरिरहेका छन् । आफूले नजाने पनि धेरै धन कमाएकाहरूसँग संगत गर्दा गर्दै छिट्टै धनी बन्ने केही सूत्र भने फेला पारेको छु, तपाईंलाई पनि सुटुक्क भन्छु है ! सिस्नो पनि नउम्रिने भीर अहिले लाखौं रुपियाँ आनामा बिक्न थालेको छ । त्यसैले त बालुवाटारदेखि पशुपति, नारायणहिटीदेखि गोकर्ण सबैतिर सरकारी जग्गा हत्याउन यतिका मान्छेहरू हावा, हुरी, बतासझैं  लागेका । हो, बतासलाई पनि छेक्न मोटो पहाड सफल हुन्छ, कहिलेकाहीँ कार्बनडाइअक्साइड र अक्सिजनको गोलमालले बिगार हुन्छ । विना लगानी रातारात नाम र दाम कमाउने सबैभन्दा सजिलो पेशा चैं लाजनीति सरी राजनीति नै हो । यसमा केवल एउटा खुवी भए पुग्छ– त्यो हो सपना बेच्ने । तपाईं जति ठूलो सपना बेच्न सक्नुहुन्छ, त्यति नै ठूलो पदमा पुग्न सक्नुहुन्छ । अनि जति ठूलो पदमा पुग्नुहुन्छ, त्यति नै धेरै पैसा कमाउनु हुन्छ । त्यसैले त टोले गुण्डाहरू अलिकति पैसा कमाएपछि थप कमाउन जसरी पनि राजनीतिमा छिर्छन् र पद हात पार्छन् । नत्र अर्बपति समेत राजनीतिमै छिर्न मरिहत्ते किन गर्थे त ? आफ्ना रगतमा राजनीति छैन भन्ने लाग्छ भने व्यापारमा पनि अपार पैसा हुन्छ है ! तर यसका लागि धन्धा गर्न जान्नुपर्छ । नत्र सरकार, राजस्वका कर्मचारी त मोटाउलान्, तर तपाईंको ढुकुटी चाहिँ मोटाउँदैन है ! त्यसैले व्यापारमा मालामाल हुनु छ भने विदेशबाट सुन मगाउनुस्, सुपारी झिकाउनुस् या पाम आयल आयात गर्नुस् । त्यो यहाँ आएपछि त्यसमा ‘मेड इन नेपाल’को ट्याग झुन्ड्याउन नबिर्सनुस् । अनि त्यसमा यति र उति भ्यालू एडिसन भएको भनेर लेबल पनि टाँस्नुस् र सरकारबाट छूट फुत्काउनुस् । अनि बेच्नुस् भारतमा । अन्य छिमेकी देशमा बेच्न त भारतको असल मित्रताले बाटो नै दिँदैन । यूरोप, अमेरिकातिर बेच्न चैं गुणस्तरको कुरा ल्याउँछन् गोरा मोराहरूले । हैन, काँ यो व्यापार स्यापारमा लाग्नु भन्नुहुन्छ भने घरजग्गामा लाग्नोस् । जग्गामा लगानी गर्ने पैसा छैन भने पनि चिन्ता नलिनोस् । दलाली शुरू गर्नोस् । दलाली भन्ने शब्दसँग नझस्कनोस् । किनकि यहाँ पाए र भ्याएसम्म मै हूँ भन्नेले पनि जग्गा दलाली गरेर कमिशन कुम्ल्याउन बाँकी राख्दैनन् । छोराले बाबुसँग पनि दलाली भाग खाने युगमा अरू के कुरा गर्नु ? ‘पैसा देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ’ भन्छन् । यहाँ को र कुन काममा छैन दलाली ? अझ विदेशीका पैसामा खुलेका वा चलेका कतिपय मिडिया वा पार्टी नामधारी कतिपय पसलभित्र निहारेर हेर्नुस् त, त्यहाँभित्र के के देखिन्छ । त्यसैले होला हाम्रा बाउबाजेले सकेदेखि माटोमा पैसा खन्याउनू, उम्रन्छ भन्थे । सिस्नो पनि नउम्रिने भीर अहिले लाखौं रुपियाँ आनामा बिक्न थालेको छ । त्यसैले त बालुवाटारदेखि पशुपति, नारायणहिटीदेखि गोकर्ण सबैतिर सरकारी जग्गा हत्याउन यतिका मान्छेहरू हावा, हुरी, बतासझैं  लागेका । हो, बतासलाई पनि छेक्न मोटो पहाड सफल हुन्छ, कहिलेकाहीँ कार्बनडाइअक्साइड र अक्सिजनको गोलमालले बिगार हुन्छ । तर जसलाई समात्न हिँडेको हो, आवेशमा ऊभन्दा छिटो कुद्न खोज्दा आफै लड्न नि बेर लाग्दैन है ! तपाईं भन्नुहोला कृषिप्रधान देश, जहाँ १५० मुलुकबाट वर्षमा झन्डै ४ खर्बको खाद्यान्न, तरकारी र फलफूल आयात हुन्छ, त्याँ जग्गा जमिन प्लटिङ गर्दै बेच्नु त ठीक होइन । हेर्नुस्, उद्देश्य त जसरी पनि पैसै कमाउनु न हो । जमिनमा तरकारी, खाद्यान्न फलाउन मल, बीउ, पानी छैन । काम गर्नेहरू सबै जवानी बेच्न मुग्लानतिर पसिसके, थप खुट्टा उचालेर बसेका छन् । अनि कसले गर्ने खेती ? बरु प्लटिङ गर्‍यो बेच्यो । विदेश जान ५ लाखमा जग्गा बेच्यो र पछि पैसा कमाएपछि त्यस्तै जग्गा २५ लाखमा किन्यो । यस्तो पो त तरिका । सरकारलाई राजस्व आउने, किन्ने, बेच्ने र बिचौलियाले टकाटक नगद पाउने व्यापार गर्न छाडेर केको खेती गर्ने नि ! तरकारी–सरकारी त त्यै जग्गा बेचेको पैसाले किनेर खाए भैहाल्छ नि । त्यसो भए सरकारले वर्षौंदेखि कृषिमा दिइरहेको अनुदान, सहुलियत ऋण कहाँ गयो भन्नुहोला । यी अनुदान, छूट सबै चुनावी रेल हुन्, जुन पटरी नबिछ्याइकनै चल्छन् । यसबाट कुनै कृषि रेल कुदाउनु नै छैन । अँ, पैसा कमाउने यसमा पनि काइदा रहेछ । झोलामै खोल्नोस् झोले कृषि कम्पनी, आफ्ना परिवारका सबै सदस्यको नाम शेयर होल्डरमा राखेर । लिनोस् बैंकबाट सस्तो ब्याजमा ऋण । सरकारी अनुदान पनि पाउन सक्नुहुन्छ । त्यै पैसा लगेर राख्नोस् कुनै सहकारीमा । बैंक पनि खुशी, तपाईं पनि खुशी । कृषिमा पनि जाँगर चल्दैन भने नेपालमा शेयर बजार जत्तिको सुरक्षित र भरपर्दो लगानीको क्षेत्र अन्त कतै छैन है ! घरै बसी कुटुकुटु नगद झर्ने । २–४ हजारमै बजारमा छिर्न सकिने, खल्तीमा सुको छैन भने पनि बैंकले मार्र्जिनमा लगानी गर्दिने । अझ आईपीओ चिट्ठा परे तुरुन्तै २ को शेयर कमसेकम ४ मा बेच्न सकिने । आफ्ना लगानी डुब्न लाग्यो भने एउटा लगानीकर्ताको समूह बनाउने र ‘हाम्रो लगानी सुरक्षित गर’ भन्दै धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालय, राष्ट्र बैंक धाउने । सडकमै धर्ना दिने । सरकारी हाकिमहरू तपाईंको लगानी सुरक्षित गर्न सधैं तम्तयार भैहाल्छन् र पर्‍यो भने नीति परिवर्तनदेखि बोली परिवर्तन गर्नसम्म तुरुन्तै भ्याइहाल्छन् । त्यसैले त हिजोआज कम्पनीले आफ्नो उत्पादन वा सेवा बेचेर भन्दा बढी नाफा ऋण बेचेर वा शेयर बेचेर कमाउँछन् । नत्र अहिलेसम्म टाट पल्टिएको घोषणा गर्नुपर्ने स्थितिमा पुगिसकेका झन्डै ३० प्रतिशत हाइड्रोपावर कम्पनीहरू शेयर बजारमा अझै पावरफुल कसरी रहिरहन सक्थे होला र ? कसरी ‘इन्साइडर ट्रेडिङ’ भन्ने नबुझेका सोझा लगानीकर्तालाई ‘फुल’ बनाइरहन सक्थे होला र ? हैन यो पूँजीबजारको बारेमा ज्ञान, रुचि छैन भने सकेदेखि एउटा म्यानपावर एजेन्सी खोल्नोस् र बेरोजगार युवालाई विदेश पठाउनतिर लाग्नोस् । हाम्रा हरेक श्रममन्त्री र राजदूतसमेत त्यै व्यापारमा लागेका छन् । देशका अस्पतालहरूमा नर्सहरूको अभाव छ । तर श्रममन्त्रीले १० हजार नर्स त बेलायतै निर्यात गर्ने रे । आखिर व्यापार त व्यापारै हो । अहिलेका श्रममन्त्री त आफै व्यापारी पनि हुन क्यारे । बेच्न रामै्र जानेका छन् । कथं म्यानपावरको लाइसेन्स फुत्काउन सक्नुभएन भने आफै लाग्नोस् कुनै देशतिर । देशमा रोजगारी, व्यापार नभएर के भा छ र ? मलेसियामा सेक्युरिटी गार्ड बन्न वा कोरियातिर कुखुरै काट्न गए पनि भो । महिनामा १–२ लाख त कमाइहालिन्छ क्यारे ! गएकाहरु त्यसै भन्छन् । अरू केही गर्न सक्नुभएन भने ‘धनी बन्ने सूत्र’ भनेर एउटा किताब लेख्नुस् । किताब मारामार बिक्छ । अनि बनिँदैन त छिट्टै धनी । कसो ?

खल्तीमा वर्ल्डलिंकको लगानी, दुर्गममा वित्तीय पहुँच पुर्‍याउने लक्ष्य

काठमाडौँ – नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ। यस लगानीपश्चात नेपालको अग्रणी डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहनेछ। वर्ल्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको हो। खल्तीले नेपालमा वित्तीय पहुँच र वित्तीय समावेशिताको लागि पनि काम गरिरहेको छ। वर्ल्डलिंक […]

डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत लगानी

इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । लगानीसँगै डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत स्वपुँजी स्वामित्व रहने भएको छ ।नेपालको ७७ वटै जिल्लामा इन्टरनेट सेवा पु¥याइरहेको वल्र्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको जनाएको छ । वल्र्डलिंक र खल्तीको साझेदारीले सहरीसहित ग्रामीण क्षेत्रमा पनि वित्तीय […]

वर्ल्डलिंकको खल्तीमा लगानी

काठमाडौं, (नेस) । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । यस लगानीपश्चात खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत स्वपुँजी स्वामित्व रहनेछ । वर्ल्डलिंक र खल्तीको यो साझेदारीले शहरीसहित ग्रामीण क्षेत्रमा पनि वित्तीय पहुँच पुर्याउनको लागि सहयोग पुग्ने विश्वास कम्पनीको छ । २५ वर्षअघि स्थापना भएको वल्र्डलिंकले ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी दुर्गम […]

डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको लगानी

काठमाडौँ – नेपालको इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ। यस लगानीपश्चात् डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत स्वपुँजी स्वामित्व रहने वल्र्डलिंकले जानकारी दिएको छ। नेपालको ७७ वटै जिल्लामा इन्टरनेट सेवामार्फत सुविधा पुर्‍याइरहेको वल्र्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको हो। खल्तीले नेपालमा वित्तीय पहुँच र वित्तीय […]

डिजिटल वालेट खल्तीमा वर्ल्डलिङ्कको ४० प्रतिशत लगानी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । लगानीसँगै डिजिटल वालेट खल्तीमा वर्ल्डलिङ्कको ४० प्रतिशत स्वपुँजी स्वामित्व रहने भएको छ । नेपालको ७७ वटै जिल्लामा इन्टरनेट सेवा पुर्‍याइरहेको वर्ल्डलिङ्कले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको जनाएको छ । वर्ल्डलिङ्क र...

वैदेशिक लगानी र समृद्धिको सपना

विदेशी लगानीले नाफाजति विदेशी पुँजीपतिको खल्तीमा पुर्‍याउँछ र देशमा कमिसनखोर दलाल पुँजीपतिको विकास गराउँछ   उर्दू–हिन्दीका प्रसिद्ध साहित्यकार कृश्न चन्दरको व्यंग्यात्मक उपन्यास ‘एक गधे की आत्मकथा’मा एउटा बोल्ने गधाको परिकल्पना गरिएको छ...