काठमाडौं (अस) । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड खुकुरी नेपाल सुपर लिग २०२१ को प्रत्यक्ष प्रसारणमा जोडिएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीद्वारा सञ्चालित सुपर लिग एपीवान टीभी च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।
एपीवानले खुकुरी नेपाल सुपर लिगका म्याच २५ दिनसम्म प्रत्यक्ष प्रसारण गर्नेछ । लिगमा ७ प्रदेशका ७ वटै टिमबीच २५ वटा म्याच खेलाइनेछ । टुर्नामेन्टले नेपालका उदीयमान फुटबल खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर दिने र लाखौं दर्शकको सहभागिता हुने हुँदा यसमा जोडिएको वल्र्डलिंकका निर्देशक मनोज अग्रवालले बताए ।
खुकुरी नेपाल सुपर लिग २०२१ नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग हो ।