काठमाडौँ । नेकपा एमालेले १० औँ महाधिवेशनमार्फत मधेसलाई कस्तो स्थान दियो भन्नेबारेमा चर्चा हुन थालेको छ । केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीकालमा एमालेलाई ‘मधेसविरोधी’ शक्तिका रूपमा लिइन्थ्यो तर १० औँ महाधिवेशनमार्फत पार्टीले त्यो दाग मेटाएको कतिपयको भनाइ छ ।१० औँ महाधिवेशनमा केपी शर्मा ओलीले मधेसलाई पनि पदाधिकारीमा स्थान दिएका छन् । केन्द्रीय सदस्यमा मधेसीतर्फ पनि निर्विरोध सूची बनाएर सर्वसम्मत रूपमा चयन गर्ने परिपाटीले मधेसमा एमालेको छवि राम्रो बनाएको जानकारहरू बताउँछन् ।प्रदेश २