एमाले महाधिवेशनका लागि पार्टी कार्यकर्ताबाट सात करोडभन्दा बढी उठाउने

काठमाडौँ- नेकपा एमालेले आगामी दसौँ महाधिवेशनका लागि नेता तथा कार्यकर्ताबाट साढे सात करोड रुपैयाँभन्दा बढी संकलन गर्ने भएको छ। दसौँ महाधिवेशन चितवनमा तय भएको छ। एमालेले महाधिवेशनका लागि साधारण सदस्यबाट कम्तीमा सय रुपैयाँका दरले रकम संकलन गर्ने पार्टी प्रवक्ता योगेश भट्टराईले जानकारी दिए। महाधिवेशन मूल व्यवस्थापन समितिको बुधबार बसेको बैठकले ७ लाख ३० हजार पार्टी […]

सम्बन्धित सामग्री

यस्तो छ एमालेको महाधिवेशनमा तय गरिएको मतदानस्थल [तस्वीर]

सौराहामा सोमवार हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको मतदानस्थल । तस्वीर : रासस \

नेकपा (एमाले) मतदानस्थल

सौराहा,१३ मङ्सिरः सौराहामा सोमबार हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको मतदानस्थल ।-तस्बिरःप्रदीपराज वन्त-रासस

निर्वाचनले पार्टी फुटमा जाने महाधिवेशन प्रतिनिधिको चिन्ता

चितवन : नेकपा (एमाले)को दशौं महाधिवेशनका प्रतिनिधिहरूले निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्दा एमाले पुनः फुटको बाटोमा जाने चिन्ता व्यक्त गर्दै सर्वसम्मतबाट नेतृत्व चयन गर्नुपर्ने माग गरेका छन्।चितवनमा जारी महाधिवेशनको बन्दसत्रमा उपस्थित प्रतिनिधिहरूले निर्वाचनमा जाँदा ओली समूहले मात्रै जित्ने र अर्को समूहले हार्ने हुँदा पार्टी फेरि फुटको सँघारमा पुग्न सक्ने बताएका छन्। कैलालीबाट आएका प्रतिनिधि नरबहादुर खड्काले पार्टी निर्वाचनमा गएमा माओवादीबाट आएकाहरू र माधव नेपाल पक्षबाट आएकाहरूले चुनाव जित्न

एमाले दसौं महाधिवेशनको तयारी पूरा

नेकपा (एमालेंले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ । बिहिबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन् ।उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी […]

एमाले १०औं महाधिवेशन : ओलीले मङ्सिर ११ गते चितवनमा रात्रिभोज दिने

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौँ महाधिवेशनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रिभोज दिने भएका छन् । ओलीले मङ्सिर ११ गते राति चितवनको सौराहाको एक होटेलमा रात्रिभोज दिने कार्यक्रम तय भएको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक तथा वाग्मती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार […]

उम्मेदवारी घोषणा गर्न पार्टी कार्यालयमा रावललाई ठाउँ दिइएन

काठमाडौं।एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्न आफूलाई ठाउँ नदिइएको गुनासो गर्नुभएको छ ।एमालेको आसन्न १० औं महाधिवेशनमा आइतबार अध्यक्षमा उम्मेदवारी घोषण गर्ने क्रममा रावलले थापाथलीस्थित पार्टी कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको भएपनि त्यो हुन नसकेको बताउनुभयो । उहाँले पार्टी महासचिवले महाधिवेशनका कारण कुनै पनि कोठा खाली नभएको जानकारी दिएपछि बाहिर पत्रकार सम्मेलन […]

एमाले नेतालाई के को डर? मनमा छ, तर भन्न सक्दैनन्

काठमाडौँ: नेकपा (एमाले) ले डेढ हप्ताभित्रै पार्टी नेतृत्व चयन गर्दै छ। चितवनमा मंसिर १०-१२ गतेसम्म हुन लागेको महाधिवेशनले विधानमा भएको व्यवस्था अनुसार १५ जना पदाधिकारी चयन गर्ने छ। सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्ष केपी शर्मा ‌ओलीको रणनीति अनुसार महाधिवेशनका प्रतिनिधि तथा स्थानीय, जिल्ला र प्रदेशको नेतृत्व चयन भएका छन्। पार्टीको…

एमाले हुम्लाले छनोट गर्‍यो महाधिवेशन प्रतिनिधि

सिमकोट – नेकपा एमाले हुम्लाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ। शनिबार बसेको उक्त पार्टीको जिल्ला कमिटी सहितको भेलाले प्रतिनिधि छनोट गरेको हो। उक्त पार्टीबाट मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका लागि १० जना प्रतिनिधि छनोट भएको एमाले हुम्लाका अध्यक्ष दलबहादुर रावलले बताए। यसरी राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि छनोट भएकामा पार्टी अध्यक्ष रावल, अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर […]

महाधिवेशनका लागि एमालेका सदस्यले एकसय रूपैंया दिनु पर्ने

काठमाडौं । नेकपा एमालेले आफ्नो दशौँ महाधिवेशनका लागि खर्च पार्टी सदस्यबाट उठाउने भएको छ । हरेक पार्टी सदस्यबाट १०० रुपैयाँका दरले खर्च उठाउने एमालेले निर्णय गरेको हो । यसका लागि नेकपा एमालेको राष्ट्रिय बाणिज्य बैंक टेकु शाखामा रहेको चल्ती खाता नम्बर १७–००१००००११५९००१ मा उक्त रकम जम्मा गर्न भनिएको छ । प्रचार संयोजक तथा एमाले सचिव योगेश […] The post महाधिवेशनका लागि एमालेका सदस्यले एकसय रूपैंया दिनु पर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारी दिइन् । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताइन् । उनले भनिन्, “महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौँ ।