काठमाण्डाै - नेकपा एमालेले ५ महानगरपालिका र ९ उपमहानगरपालिकाको उम्मेदवार टुङ्ग्याएको छ ।
शनिवार बसेको एमाले सचिवालय बैठकले काठमाण्डौ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै उपमेयरमा सुनिता डङ्गोललाई उम्मेदवार बनाउने निर्णय भएको छ । उपमेयरको टिकट पाएकी डङ्गोलले यसअघि मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो। मिस नेवाः समेत रहेकी उहाँले चुनावी घोषणापत्र समेत सार्वजनिक गर्नुभएको थियो ।
एमालेले ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्...