काठमाण्डाै - महानगरपालिका र उपमहानरपालिकाको उम्मेदवार टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।
आज बेलुकीसम्म ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट टुङ्गो लगाउने गठबन्धनका नेताहरुले दाबी गरेका छन् । तर गठबन्धनका पाँचवटै दलले आआफ्ना दाबी छोडेका छैनन् । सत्ता गठबन्धनमा सहभागी दलहरुले महानगर र उपमहानगरपालिकामा आ–आफ्नो दाबी गरेका छन् ।
नेपाली कांग्रेसले...