प्राविधिक कारण देखाएर आईएमई लाइफ इन्स्योरेन्सले सार्‍यो आईपीओ निष्कासनको मिति

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले प्राविधिक कारण देखाएर आईपीओ निष्कासनको मिति सारेको छ । यसअघि असार २० गते २४ गतेसम्म आईपीओ निष्कासन गर्ने मिति तय गरेको कम्पनीले असार २० गते नै सूचना जारी गर्दै असार २१ देखि २५ गतेसम्म आईपीओ निष्कासन गर्ने जानकारी दिएको हो ।  कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको १२ लाख कित्ता आईपीओ भने असार १९ गते बाँडफाँट गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले असार १ देखि १५ गतेसम्म आईपीओ विक्री गरेको थियो । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो । कर्मचारीहरूमा भने कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने जानकारी दिएको छ । जारी पूँजी रू. ४ अर्बको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको छ । बाँकी ९६ लाख कित्ता भने आम सर्वसाधारणलाई सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । सर्वसाधारणमा जारी हुने आईपीओ ९ लाख ६० हजार योग्य आवेदकहरूले १० कित्ताका दरले हात पार्नेछन् । सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री छिटो अवधि असार २५ गतेसम्म तोकिएकोमा मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि साउन ४ गतेसम्म विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनीको संकेत गर्ने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।  कम्पनीले नयाँ जीवन बीमा कम्पनीको रूपमा २०७४ भदौ १ गतेदेखि कारोबार शुरू गरेको हो । यस कम्पनीले स्थापनाकालदेखि नै मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्ला तीन आर्थिक वर्षको सञ्चित नाफाको अवस्था हेर्दा कम्पनीले निरन्तर नाफा बढाएको देखिन्छ । आर्थिक वर्ष ०७६/७७ मा रू. ४३ करोड ७६ लाखभन्दा बढी सञ्चित नाफा गरेको कम्पनीले आर्थिक वर्ष ०७७/७८ मा रू. ७३ करोड ५१ लाखभन्दा बढी सञ्चित नाफा गरेको थियो । आर्थिक वर्ष ०७८/७९ सम्म भने कम्पनीले रू. १ अर्ब ७ करोडभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७६ दशमलव ५३ छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १ अर्ब २६ करोडभन्दा बढी सञ्चित नाफामा छ । चालू आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रू. २ अर्ब १ करोडभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।  यस कम्पनीको अधिकृत पूँजी रू. ५ अर्ब छ भने जारी पूँजी रू. ४ अर्ब छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ८० करोड रहेको कम्पनीले सर्वसाधारणमा समेत आईपीओ विक्री तथा बाँडफाँटपछि चुक्ता पूँजी रू. ४ अर्ब कायम गर्नेछ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

आईएमई लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

१८ साउन, काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ जारी गरेको आईएमई लाइफ इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १८ साउन बिहीबार नेप्से र आईएमई लाइफ इन्स्योरेन्स बीच सेयर सूचीकृत सम्झौता भएको हो । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु हुने भएको छ । नेप्सेले कम्पनीका […]

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओले कति पाउला ओपन रेञ्ज ?

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओले रू. १७६ दशमलव ५३ देखि ५२९ दशमलव ५९ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १७६ दशमलव ५३ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ । कम्पनीको आईपीओ असार ३० गते बाँडफाँट भएको थियो । कम्पनीको आईपीओमा ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए । कम्पनीले असार २१  देखि २५ गतेसम्म अंकित मूल्यमा १३६ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा कुल १ करोड २० लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।  कुल कित्ता आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको छ । बाँकी ९६ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरिएको थियो ।

आईएमई लाइफको आईपीओमा १२ लाख ९० हजार आवेदन, पौने ४ अर्बको सेयर माग

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन् । सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री गरेको कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन अर्थात सोमबारसम्म १ करोड ५७ लाख कित्ता सेयरका लागि आवेदन दिएको उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । […]

आईएमई लाइफको आईपीओमा खुल्यो आवेदन

२१ असार, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । कम्पनीले २१ असार बिहीबारदेखि आईपीओमा आवेदन खुला गरेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्कासन खुला गरेको हो । जारी पूँजी ४ अर्ब […]

प्रिमियममा शेयर निष्कासन गर्दै आईएमई लाइफ इन्स्योरेन्स

काठमाडौँ – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी बनेको छ। नेपाल धितो पत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डको वेबसाइटमा विवरण पत्र प्रकाशनको लागि […]

आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्दैछ । कम्पनीले प्रतिकित्ता १७६ रुपैयाँ प्रिमियम थप गरेर २७६ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।  कम्पनीको विक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ ।

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आउने, साधारणसभाबाट भयो पास

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीकाे सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको होटल र्‍याडिसनमा सम्पन्न भएको हो । सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ । उक्त साधारणसभामा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन भएको […]

६० करोडको आईपीओ निष्काशन गर्न आइएमई लाइफ इन्स्योरेन्सको ट्रिपल बी रेटिङ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनका लागि ‘केयरएनपी ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ । कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्काशनका लागि रेटिङ गराएको हो । रेटिङ एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अब कम्पनीको […]

आईएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि ट्रिपल बी रेटिङ पायो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनीले जनाएको छ । कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्कासनका लागि रेटिङ गराएको हो ।...