फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई 'बुस्टर' डाेज !

काठमाण्डाै – सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने भएको छ । आज शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने बताउनुभएको हो । २०७८ माघ २७ गतेदेखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज खाेप प्रदान गर्ने निर्णय भइसकेको उल्लेख गर्दै उहाँले फागुन १ गतेदेखि दोस्रो डोज खाेप लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताउनुभयो । मन्त्री खतिवडाले १२ देखि...

सम्बन्धित सामग्री

सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने

सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । यसअघि यही माघ ४ गते बसेको पूर्ण बैठकले माघ ५ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो ।सो अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथ

त्रिविमा फागुन १ गतेदेखि भौतिक रुपमै पठनपाठन हुने

काठमाडौँ– कोरोना महामारीका कारण भौतिक रुपमा स्थगित त्रिभुवन विश्वविद्यालयको पठनपाठन फागुन १ गतेदेखि भौतिक रूपमै सञ्चालन हुने भएको छ। बिहीबार सूचना जारी गर्दै त्रिविले क्याम्पस/विभाग/स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी गरी कक्षा सञ्चालन, प्रशासनिक कार्य र परीक्षा […]

कैलालीका बन्द विद्यालय फागुन १ गतेदेखि खोल्न पाइने

कोरोना महामारीले बन्द रहेका कैलाली जिल्लास्थित विद्यालयहरू फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बुधवार बसेको बैठकले फागुन १ गतेदेखि भौतिक रूपमा विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम लगायतका शैक्षिक संस्था सञ्चालनको हकमा कोभिड विरुद्धको खोप लगाएको सुनिश्चित गरी फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड अवलम्बन गरी सञ्चालन गर्न सकिने भएको छ तर १२ वर्षभन्दा कम उमेर ...

गण्डकी प्रदेशमा फागुन १ गतेदेखि रगत निःशुल्क

गण्डकी प्रदेशमा फागुन १ गतेदेखि रगत निःशुल्क पाइने भएको छ। गण्डकी प्रदेश सरकारले प्रदेशभरका घाइते तथा विरामीहरुलाई निःशुल्क रुपमा रगत दिने भएको हो।...

फागुन १ गतेदेखि विद्यालय खुल्ने

कोरोना महामारीको जोखिम न्यून हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शैक्षिक कृयाकलाप तथा परीक्षा सम्बन्धी नयाँ आदेश जारी गरेको छ। जस अनुसार फागुन १ गतेदेखि उपत्यकाका सबै विद्यालयहरु खुल्ने नयाँ आदेश जारी गरेको छ।...

फागुन १ गतेदेखि स्कूल खोल्न पाइने

आगामी फागुन १ गते स्कूल तथा कलेज खोल्न पाइने भएको छ । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ ।यद्यपि, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ ।

फागुन १ गतेदेखि विद्यालय खोल्ने सरकारको तयारी !

काठमाण्डाै – सरकारले काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर आउँदाे फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको हो । आज सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासङ्घ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासङ्घ, शिक्षा मन्त्रालयका प्रतिनिधिलगायतको छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र निगरानीमा फागुन १ गते आइतवारदेखि विद्यालय खोल्न सुझाव दिएका थिए ।सरकारी अधिकारीहरू...

माघ ७ देखि स्थगित त्रिविका सबै परीक्षा फागुन १ गतेदेखि

काठमाडौं, माघ २१ । त्रिभुवन विश्वविद्यालयका गत माघ ७ गतेदेखि स्थगित सबै परीक्षा फागुन १ गतेदेखि हुने भएका छन्। कोभिडको संक्रमण कम हुँदै गएको र त्रिविको शैक्षिक पात्रो नियमित गर्न रोकिएका सबै परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुन लागेका हुन् । परीक्षा सुधार समीतिले स्थगित परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले फागुन १ […]

कोरोनाले रोकिएको त्रिविको परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोनाका कारण रोकिएको वार्षिकलगायत परीक्षाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने भएको छ।त्रिविले धमाधम परीक्षा तालिका सार्वजनिक गरिरहेको छ।त्रिविले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार ३ बर्से एल.एल.बी. तेस्रो वर्षको नियमित परीक्षा यही फागुन १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।त्यस्तै, २०७८ सालको वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फको ४ बर्से बी.एससी. चौथो वर्षको&n

कोरोनाका कारण रोकिएका त्रिविका परीक्षा फागुन १ गतेदेखि सुरु हुने

कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु फागुन १ गतेदेखि सुरु हुने भएका छन्।