गण्डकी प्रदेशमा फागुन १ गतेदेखि रगत निःशुल्क

गण्डकी प्रदेशमा फागुन १ गतेदेखि रगत निःशुल्क पाइने भएको छ। गण्डकी प्रदेश सरकारले प्रदेशभरका घाइते तथा विरामीहरुलाई निःशुल्क रुपमा रगत दिने भएको हो।...

सम्बन्धित सामग्री

गण्डकीको स्वास्थ्य नीतिः सरकारी लगानी बढाउने, व्यक्तिगत खर्च घटाउने

गण्डकी प्रदेशले स्वास्थ्य सेवामा सरकारी लगानी बढाउने र व्यक्तिगत खर्च घटाउने नीति लिएको छ। गण्डकी प्रदेश सरकारले फागुन १ गतेदेखि लागु गरेको स्वास्थ्य नीतिमा समृद्ध प्रदेशका लागि स्वस्थ र सुखी नागरिक बनाउने दीर्घकालीन सोंच राखेको बताएको छ ।...

ताराखोलाले बनायो प्रशासनिक भवन

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले आफ्नो प्रशासनिक भवन  निर्माण गरेको छ । ठेक्का सम्पन्न गर्ने सम्झौता मितिअघि नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण भएको ताराखोला गाउँपालिकाले जनाएको छ ।       ५ करोड लागतमा निशान/आचार्य/बिके जेभी निर्माण कम्पनीले पाँच महिनाअगावै ताराखोला गाउँपालिकामा लिफ्ट सुविधासहित अपांगतामैत्री प्रशासकीय भवन निर्माण गरेको हो । लिफ्टसहितको सुविधासम्पन्न यो संरचना जिल्लाकै पहिलो प्रशासनिक भवन हो । नेपालमा संघीयता लागू भएपछि स्थानीय सरकारलाई प्रशासनिक कार्यका लागि सुविधासम्पन्न भवन अभाव हुँदै आएको थियो ।      ताराखोलाले हालसम्म प्रशासनिक शाखा कार्यालय सार्वजनिक तथा निजी भवन भाडामा लिएर काम गर्दै आएको छ । गाउँपालिकाले साविक अर्गल गाविसको भवनबाट कार्य सम्पादन सुरु गरेको थियो । भवनलाई स्तरोन्नति गरी प्रशासनिक कार्य सम्पादन गर्दै आएकामा गण्डकी प्रदेश सरकारको ६० प्रतिशत अनुदान र पालिकाको ४० प्रतिशत गरी कुल ५ करोड लागतमा ठेक्का प्रक्रियाबाट भवन निर्माण सुरु गरेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।      उनले नवनिर्मित प्रशासकीय भवनबाट फागुन १ गतेदेखि सेवा दिइने बताए । ‘अहिलेको भवन साँघुरो हुँदा सेवा प्रवाहमा निकै समस्या थियो’, अध्यक्ष घर्तीले भने, ‘नयाँ प्रशासनिक भवन निर्माणसँगै सेवा प्रवाह सहज हुने अपेक्षा  छ ।’       निशान/आचार्य/वि.के जेवी निर्माण कम्पनीले ०७७ असार २० गते ५ करोड १० लाख ७ हजार लागतमा भवन निर्माणको सम्झौता गरेको थियो । ०७९ साल असार २० गते सम्पन्न गर्नुपर्नेमा ६ महिनाअघि नै भवन निर्माण सकिएको र माघभित्रै गाउँपालिकालाई हस्तान्तरण गरिएको कम्पनीका प्रतिनिधि ओमप्रकाश घर्तीले बताए ।      लिफ्टसहितको तीनतले भवनमा ३०० क्षमताको सभाहल, योजना शाखा, आइटी शाखा, प्राविधिक शाखा, राजस्व, लेखा र स्टोर, उपाध्यक्ष कक्ष, कानुनी कक्ष, सार्वजनिक कक्ष, पुस्तकालय, सुरक्षा कक्ष, अध्यक्ष कक्ष र प्रशासकीय अधिकृत कक्ष रहेको गाउँपालिकाले बताएको छ । एक पटकमा ६ जना चढ्न मिल्ने लिफ्ट  आधुनिक रहेको र त्यसको मूल्य ३५ लाख परेको गाउँपालिका अध्यक्ष घर्तीले बताए । ताराखोलाको स्थानीय ढुंगा टाँसेर भवनलाई आकर्षक तथा परम्परागत बनाइएको छ । रासस

गण्डकीमा फागुन १ गतेदेखि यातायातमा नयाँ भाडादर

कास्की– गण्डकी प्रदेश सरकारले सवारी साधनको छुट्टै गाडी भाडा तोकेको छ । कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै फागुन १ गतेदेखि नयाँ भाडादर लागू हुने जनाएको हो । भाडा बढाउनका लागि सरकारले सिफारिस समिति नै गठन गरेको थियो । गाडीको प्रकृति अनुसार भाडादर फरक छ । एक जिल्लाबाट अर्काे जिल्ला चल्ने बसमा प्रतिकिलोमिटर ३ रुपैयाँ १० […]

गण्डकीमा १ फागुनदेखि गाडी भाडा बढ्ने, कति पुग्यो नयाँ भाडादर ?

२८ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको नयाँ भाडादर तोकेको छ । फागुन १ गतेदेखि लागू हुने गरी भाडा बढाइएको हो । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयले यसअघि नै प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय गरिकसकेको थियो । लामो दूरीको बसमा २३.५१ प्रतिशत र नगर बसमा २२.५५ […]

गण्डकीमा रगत निःशुल्क, परीक्षण शुल्क प्रदेश सरकारले ब्योहोरने

पोखरा, माघ २८ । गण्डकी प्रदेश सरकारले रगतका लागि अब रकम तिर्नु नपर्ने जनाएको छ । रगत खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गरेकामा अब त्यसको खर्च सरकारले नै ब्यहोरिदिने गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो । फागुन १ गतेदेखि प्रदेशभित्रका सबै सरकारी तथा […]

गण्डकी प्रदेशमा फागुनदेखि बिरामीलाई रगत निःशुल्क

गण्डकी प्रदेशमा बिरामीले आगामी फागुन १ गतेदेखि निःशुल्क रगत  पाउने भएका छन् । रक्त परीक्षण र अन्य खर्च गण्डकी प्रदेश सरकारले बेहोरिदिने भएपछि बिरामीले निःशुल्क रगत प्राप्त गर्ने भएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८ गत सोमबार मन्त्रिपरिषद्बाट पारित भएसँगै अब बिरामीले रगतका लागि रकम तिर्नु नपर्ने भएको हो ।प्रदेशअन्तर्गतका सम्पूर्ण सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एव

फागुन १ गतेदेखि गण्डकी प्रदेशमा निःशुल्क रगत उपलब्ध गराइने

पोखरा – आगामी फागुन १ गतेदेखि गण्डकी प्रदेशमा निःशुल्क रगत उपलब्ध गराइने भएको छ । फागुनदेखि प्रदेशका सामुदायिक सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रगत उपलब्ध गराइने भएको गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले बताइन् । गण्डकी प्रदेश सरकारले प्रदेशभरीका घाईते तथा बिरामीहरुलाई निःशुल्क रूपमा रगत उपलब्ध गराउने भएको उनले जनाइन् । मन्त्री […]

गण्डकी प्रदेशमा फागुन १ गतेदेखि रगत निःशुल्क

गण्डकी प्रदेशमा फागुन १ गतेदेखि रगत निःशुल्क पाइने भएको छ। गण्डकी प्रदेश सरकारले प्रदेशभरका घाइते तथा विरामीहरुलाई निःशुल्क रुपमा रगत दिने भएको हो।