गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेल ८५ दिनमै पदमुक्त भएकी छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई वैशाख २० गते प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
मन्त्रिपरिषद्को मंगलवार (आज) बसेको बैठकले पौडेललाई हटाएर पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिबाट गुरुङ नियुक्त भएपछि ७ वटा प्रदेश प्रमुख सबै पुरुष हुने छन् ।
पौडेल नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पहिलो संविधानसभामा सभासद थिइन् ।
माओवादीको सिफारिसमा प्रदेश प्रमुख बन...