नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनद्वारा पदबहाली

 लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन् । शुक्रबार पदबहाली गर्दै उनले सबैको सहअस्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिए ।सरकारले गत मंगलबार दुईवटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको थियो । मन्त्रिपरिषद बैठकले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकीका प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै लुम्बिनी प्रदेश प्रमुखमा शेरचन, गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।प्रदेश प्रमुखका रुपमा शेरचनको यो दोस्रो जिम्मेवा

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश: सरकार गठनमा गलत नजिर

वर्तमान लुम्बिनी प्रदेश सरकारलाई अल्पमतमा पारेको कांग्रेस माओवादी सहितका दल सम्मिलित गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरिसकेको छ।...

लुम्बिनी प्रदेश प्रमुख शेरचनसमक्ष वार्षिक प्रतिवेदन पेश

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्य महान्यायाधिवक्ता कार्यालयले बुधबार एक समारोहका  बीच वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ । मुख्य महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले आर्थिक वर्ष २०७८–७९ को न्यायिक क्षेत्रमा भएका प्रगति विवरण तथा गतिविधिसहितको प्रतिवेदन हस्तान्तरण  गरेका हुन् ।  प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशमा सरकार विरुद्ध १२८ मुद्दा दर्ता भएको छन् ।महान्यायाधिवक्ता सुवेदीले लुम्बिनी प्रदेश सरकारविरुद्ध दर्ता भएका १२८ वटा मुद्दा मध्ये ४८ वटा फर्स्योट भएको बताए

लुम्बिनी प्रदेश प्रमुख समक्ष लोकसेवा आयोगको प्रतिवेदन प्रस्तुत

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष प्रदेश लोकसेवा आयोगका प्रमुख डिलाराम भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज आयोजित एक कार्यक्रममा लोकसेवा आयोगका प्रमुख भट्टराईले २०७८ श्रावणदेखि २०७९ असारसम्म आयोगले सम्पादन गरेका काम कारवाहीसहितको प्रतिवेदन प्रस्तुत गरे ।आयोगका प्रमुख भट्टराईले आयोगले प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवामा कर्मचारी पदपूर्तिका लागि ४४ वटा कार्यक्रम निर्माण गरिएको बताए । उनले प्रदेश निजामति सेवातर्फ वन रक्षक पदको परीक्षा स

लुम्बिनी प्रदेश प्रमुख समक्ष लेखा परीक्षकको प्रतिवेदन पेश

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष लुम्बिनी प्रदेश महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन आज पेश गरिएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज आयोजित एक कार्यक्रममा महालेखा परीक्षक कार्यालयका नायब महालेखा परीक्षक नारायण मरासिनीले आर्थिक वर्ष २०७७–७८ को चौथो वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शेरचन समक्ष पेश गरेका छन् ।नेपालको संविधान धारा २९४ को उपधारा ३ मा संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीका सम्बन्धमा अगल–अगल प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने संवैधा

प्रदेश प्रमुख बिरामी हुँदा दुई दिन पछि सर्यो लुम्बिनीको नीति तथा कार्यक्रम

काठमाडौं : प्रदेश प्रमुख अमिक शेरचन अस्वस्थ भएपछि लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम दुई दिन पछि सरेको छ। सोमबार ल्याउने भनिएको नीति तथा कार्यक्रम बुधबारका लागि सरेको हो। प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले प्रदेश प्रमुख शेरचन अस्वस्थ भएकाले बैठक दुई दिन पछि सारेकाे बताए। यसअघि प्रदेशसभा सचिवालयले आइतबार सूचना निकालेर जेठ २३ गते दिउँसो १ बजे बस्ने तय भएको दशौँ अधिवेशनको छैटौँ बैठक जेठ २५ गते बुधबार दिउँसो १ बजे बस्ने तय भएको जानकारी दिएको थियो।सभामुख पूर्णबहाद

लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा पदभार ग्रहण

बुटबल– लम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको सपथ लिएपछि मुख्यमन्त्री केसीले पदभार ग्रहण गरेका हुन्। प्रदेश प्रमुख शेरचनले बिहीबार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। केसीसँगै ६ जना मन्त्रीले समेत पद […]

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

काठमाडौं। गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त भएका छन। आज राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिलाकुमारी त्रिपाठीलाई पदमुक्त गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार राष्ट्रपति भण्डारीलाई भेट गरेसँगै पदमुक्त गरेको बताइएको छ।