सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्य सम्बन्धी सहयोग पुर्याउने उद्देश्यले इन्स्योरेन्सले हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता अनुसार ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् ।