सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीको आईओएस एप थप सुविधा सहित अपग्रेड गरी एपस्टोरमा उपलब्ध गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स एप मार्फत कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी, नेपालभरी रहेका सम्पुर्ण शाखा कार्यालयहरूको बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिबिधिहरुको जानकारी पनि लिन सकिने कम्पनीले जनाएको छ ।
यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफुले इछ्याएको बीमा योजनाको बीमाशुल्क आफ्नो आवश्यक्ता...