प्रतिनिधिसभा अन्तरगत समानुपातिकतर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ७६ वटा दलबाट ६८ वटा निवेदन परेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिनका लागि विभिन्न ७६ वटा दलबाट ६८ वटा निवेदन परेको जानकारी दिए । त्यसैगरी प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन परेको छ । यस्तै मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा, बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा, गण्डकी प्रदेशमा ६