उपचार सेवा शुल्क सार्वजनिक गर्न देशभरका अस्पताललाई स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको परीक्षण र उपचारमा लाग्ने सेवा शुल्क सार्वजनिक गर्न देशभरका सबै अस्पताललाई अनुरोध गरेको छ । मंगलवार एक सूचना प्रकाशित गर्दै गुणस्तर महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले मूल्यसूची (शुल्क) आधिकारिक निकायबाट निर्णय गराई वेबसाइट र सूचना पाटीमा राख्न अनुरोध गरेको छ । अस्पतालहरूले मनपरी शुल्क लिइरहेको गुनासो आएका सन्दर्भमा मन्त्रालयले सूचना जारी गरेको हो ।

सम्बन्धित सामग्री

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्य सम्बन्धी सहयोग पुर्‍याउने उद्देश्यले इन्स्योरेन्सले हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता अनुसार ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटल बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटल बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका छन् ।कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज गराउन स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पु¥याउने उद्घेश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर सुविधा अन्तर्गत ओम हस्पिटल संग सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कम्पनीको विश्वास छ  । साथै आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।