तापक्रमको सीधा असर दिमागमा : असाध्यै गर्मी वा चिसो मौसमले घृणा बढाउँछ, १ देखि २१ डिग्री सेल्सियममा सबैभन्दा राम्रो मुड

तापक्रम तपाईंको दिमाग र व्यवहारसँग सीधै सम्बन्धित छ । धेरै गर्मी वा चिसो दुवैले तपाईंलाई क्रोध र घृणाले भर्दछ । हामी १२ देखि २१ डिग्री सेल्सियसमा राम्रो मुडमा हुन्छौँ । यो समयमा रिस पनि कम उठ्छ ।द ल्यान्सेट प्लानेटरी हेल्थले अमेरिकाका ७७३ सहरमा बसोबास गर्ने मानिसहरूको व्यवहारमा तापमान अनुसार अध्ययन गर्‍यो । यसमा धेरै तातो वा धेरै चिसो हुँदा मानिसमा क्रोध बढ्ने र शारीरिक रूपमा रिस वा घृणा देखाउन नसकेपछि अनलाइनमा व्यक्त गर्ने गरेको पाइएको थियो ।मौसममा परिवर्तन हेट स्पिचको कारण होप्रतिवेदनमा भन

सम्बन्धित सामग्री

के हो बाइपोलर डिसअर्डर ?

बाइपोलर डिसअर्डर एक मनोविकार हो । खासगरी डोपामिन हार्मोनको असन्तुलनका कारण यो समस्या हुन्छ । यसले गर्दा व्यक्तिको मुड वा व्यवहारमा छिनछिनमै परिवर्तन आउन थाल्छ । बाइपोलरको अवस्था हेरी चिकित्सकले यसलाई चार भागमा विभाजन गर्ने गरेका छन् । बाइपोलर–१ बाइपोलर एक सबैभन्दा गम्भीर रुप हो । जसमा केही लक्षण मानिसमा देखिन्छ । -म्यानिक (मुड डिसअर्डर) […]

रहेनन् प्रसिद्ध गायक भुपिन्दर सिंह, जो गुल्जारका सबैभन्दा प्रिय थिए

उनका बुबा प्रोफेसर नाथ सिंह सिख थिए । उनी आफैँ पनि संगीतकार थिए, तर संगीत सिकाउनमा कडा मास्टर । बुबाको कडा मुड देखेर भुपिन्दरलाई प्रारम्भिक चरणमा संगीतप्रति घृणा थियो । एक समय त भुपिन्दरलाई संगीत मनै पर्दैनथ्यो ।

वाह ! वाह !! शेयर बजार

देशमा अहिले दुईओटा बजार गुल्जार छन्, एउटा राजनीतिको बजार र अर्काे शेयर बजार । दुवैमा एउटा समानता के छ भने दुवै बजारमा ‘इन्साइडर ट्रेडिङ’ हुन्छ । फरक ? राजनीतिको बजारमा हुने खरीद–विक्रीको तथ्यांक बाहिर त्यति आउँदैन । तर खास कुरा के भइरहेको हो भन्ने सबै जनतालाई थाहा हुन्छ । तर शेयर बजारका धेरै तथ्यांक बाहिर आए पनि भित्र के भइरहेको छ, त्यसबारे केही मानिस बाहेक सबै रनभुल्लमा हुन्छन् । अनि राजनीतिमा लगानी नगरी प्रतिफल पाइन्छ, अझ अविश्वास प्रस्तावमा हस्ताक्षर गरे तत्कालै मन्त्री बन्न पाइन्छ । तर शेयर बजारमा नाफा कमाउन चैं लगानी गर्नैपर्छ । पैसा धेरै हुनेका लागि थन्काउने ठाउँ, अलि अलि हुनेका लागि जाने कमाउने, नजाने गुमाउने र केही नहुनेहरूका लागि पनि गफ गर्ने ठाउँ भएको छ शेयर बजार । चौबाटामा क्यारेमबोर्ड, लुडो, चेस र कलब्रेक खेल्ने जमात पनि हालै आएर शेयरतिरै लागेको छ क्यारे । सकारात्मक परिवर्तन नै मान्नुपर्छ यसलाई, हैन ? जुवामा सोह्र कौडाले बनाउने चारवटा दाउ कौडा झरेको एकै निमेषमा राम्ररी गनिसक्न जान्नुपर्छ । तासको खेलमा ५२ पत्ती कण्ठ गर्नुपर्छ । यता भने हरियो र रातो दुई रङ कण्ठ भए पुग्छ । जुवाभन्दा सजिलो भएर त होला अहिले ठूलै जमात कस्सिएर शेयरमा लागेको छ । जिन्दावाद मूर्दावाद गर्दै सडक तताउने बेरोजगार युवाहरू शेयरतिर लागेपछि सिंहदरबारका काजीहरूलाई थोरै भए पनि हाइसञ्चो भएको छ । अचेल बेरोजगार गृहिणी र तिनका पति परमेश्वरहरूलाई पनि आनन्दै भएको छ । किनकि गृहिणीहरू टेलिसिरियल हेर्न छाडेर शेयर शेयर भन्दै टेलिफोन र धितोपत्रका शब्दावली कण्ठ पार्न अभ्यस्त हुन थाले । यसले गर्दा पतिहरूलाई अफिसबाट घर पुग्नुअघि नै श्रीमतीको मुड कस्तो होला भन्ने अनुमान गर्न सजिलो भएको छ । आजको शेयर बजार रातो छ भने घरको आधा आकाश पक्कै ठुस्स परेको पाइनेछ भन्ने जान्नुस् । शेयरमा हरियो छ भने घरमा पनि चमकधमक हुनेछ । शेयरले सबैभन्दा हाइसञ्चो त सरकारी कर्मचारीहरूलाई भएको छ । युनियनका कोठामा बसेर नानाभाँती गफ दिने झुण्ड अचेल कम्तीमा ३ बजेसम्म शेयर बजारको राता र हरिया आँकडा हेर्नमै व्यस्त हुन थाले  । त्यसैले १० देखि ३ सम्म त सरकारी अफिस शेयरकै कारण शान्त देखिन्छन् । अघि पछि टेबुलमा टोपी मात्र राखेर टाप कस्ने कर्मचारीहरू अचेल कुर्सीमै टाँसिइरहनुमा शेयर खरीद–विक्रीका सफ्टवेयर नै कारक हुन् । सेवाग्राहीका नजरमा देश र जनताको काममा घोत्लिएको भान पार्ने गजबको अवसर पनि यही शेयर बजारले दिलाएको छ । कम्प्युटरमा के काम गरिरहेको छ भन्ने कुरा सेवाग्राहीले थाहा नपाओस् भन्दै कम्प्युटरको स्क्रीनमा सेवाग्राहीको आँखा कतैबाट पनि नपर्नेगरी सेटिङ मिलाइएकै हुन्छ । हाकिम पनि शेयरमा लागेको थाहा पाए भने चाकरीबाज कर्मचारीहरू वारेन बफेटका अवतार जस्तो गरी सल्लाह दिन हाजिर भइहाल्छन् । गजब छ है यो शेयर भन्ने चिज ! सेवानिवृत्त कर्मचारीहरूका लागि त झन् काइदा भएको छ शेयर बजार । बिहान चौबाटाका निःशुल्के सल्लाहकारको कुरा सुन्यो, ब्रोकर अफिसतिर अड्डा जमायो । दुई चार हजार फाइदा भए राम्रै भयो । घाटा भए उही एक महीनाको पेन्सन त हो भन्यो, चित्त बुझायोे । अचेल ज्योतिषीकहाँ ग्रह, गोचर, विवाह, सम्बन्ध, रोजगारी, विदेश आदि प्रश्न पनि फाट्टफुट्ट मात्र आउँछन् क्यारे । ‘गुरु, शेयरमा आज मेरो कस्तो छ, कुन दिन र कुन शेयर किन्दा फाइदा हुन्छ ?’ भन्ने मानिसको लर्को लाग्न थालेको छ । ‘फलानो औंठी लाउनुस्, शेयरमा मालामाल भइन्छ’ भन्दै पत्थरको व्यापार गर्नेहरू पनि फस्टाएकै छन् । पैसा धेरै हुनेका लागि थन्काउने ठाउँ, अलि अलि हुनेका लागि जाने कमाउने, नजाने गुमाउने र केही नहुनेहरूका लागि पनि गफ गर्ने ठाउँ भएको छ शेयर बजार । १० कित्ता शेयर लिएर करोडौंको कथा कथ्ने ठाउँ पनि हो शेयर बजार । त्यसैले के वामपन्थी, के रामपन्थी, के हामपन्थी हिजोआज सबै सबै शेयर बजारमै झुम्मिरहेका भेटिन्छन् । जे होस् शेयर बजार यस्तै हो । कोही भुट्ने छन्, कोही भुटिने छन् । कोही लुट्ने छन्, कोही लुटिने छन् । केही कमाउने छन्, केही गुमाउने छन् । तर भुट्ने र भुटिनेहरू, लुट्ने र लुटिनेहरू सधैं एकै हुँदैनन् । कहिले भुट्नेहरू भुटिनेमा पर्छन् । कहिले भुटिनेहरू भुट्नेमा आइपुग्छन् । राजनीतिमा पनि यस्तै हो ।  दुवैमा भुट्ने र भुटिनेहरूको लुकामारी गजबले चलिरहन्छ । तर अचेल भुट्ने भन्ने शब्द पुरानो भयो भन्दै मुग्र्याउने भन्ने नयाँ शब्द शेयर खेलाडीहरूले आविष्कार गरेका छन् । यो शब्द पनि राजनीतिबाटै आएको हो क्यारे । मुग्र्याउने पनि कस्ता कस्ता ! हकप्रदको हल्ला फिँजाएर बजार हल्लाउने कम्पनी पनि छन् । किन्ने र बेच्ने दुवै एकअर्कालाई मुर्ग्याएँ अर्थात् मुर्गा बनाएँ भनेर मख्ख पर्ने पनि छन् । वास्तविक मुर्गा को बन्यो भन्ने त समयले बताउँछ नै । जे होस् कम्पनी खोल्ने, आईपीओ निकाल्ने र सारा नेपालीलाई शेयरमा आबद्ध गरेर रोजगार बनाउने मोडेलको विकास गजबले भइसकेको छ नेपालमा । विज्ञान, प्रविधि, सृजना आदिमा धेरै आविष्कार पश्चिमी गोलाद्र्धमा भए पनि शेयर बजारको विकासमार्फत आम रोजगारीको मोडल चाहिँ नेपालमा विकसित भइसकेको छ । यसैले अब भन्नैपर्छ वाह ! वाह !! शेयर बजार ।

ल्यापटप वा मोबाइल किन्ने मुडमा हुनुहुन्छ? तपाईँको बजेटले नभ्याउन सक्छ है!

काठमाडौं : आफ्नो बजेट अनुसार तपाईँले मोबाइल वा ल्यापटप किन्ने मुड बनाउनु भएको छ भने तपाईँका लागि खराब खबर छ। बचत गरेर यस्ता सामग्री किन्ने तयारीमा रहेकाका लागि यतिखेर सबैभन्दा चर्को मूल्य तिर्नुपर्ने अवस्था आएको छ। त्यसैले विदेशबाट आयात हुने सामग्री तपाईँले सोचेको मूल्यभन्दा निक्कै माथि पर्न सक्छ। आखिर

मुड किलिङ फ्याक्टर्स

आजको परिवेशमा सम्बन्धमा देखिने तिक्तता एवं वैवाहिक जीवन टुट्नुपछाडिको सबैभन्दा ठूलो कारणमध्ये एक हो— असन्तुष्ट यौनजीवन । यौन क्रियालाई काम मान्ने तथा कामवासनाको कमीका कारण दम्पतीले यौन क्रियाको वास्तविक आनन्द अनुभव गर्न पाउँदैनन्, न त उनीहरूलाई सन्तुष्टि नै प्राप्त हुन्छ ।

यी दिनहरुमा हुन्छ, महिलालाई सबैभन्दा बढी यौन चाहना

एजेन्सी । गर्भधारणको चाहाना भएका तर बच्चा नभएर तनावमा परेकाहरुका लागि खुसीको खवर छ । हालै गरिएको एक अध्यनले महिलाको मुड अनुसार उनीहरुको प्रजनन...