जियोकले भन्यो– निर्वाचनमा मतदाताको उपस्थिति उल्लेख्य र उत्साहजनक

काठमाडौं । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)ले  निर्वाचनमा मतदाताहरुको उपस्थिति उल्लेख्य र उत्साहजनक रहेको बताएको छ । शुक्रबार मध्यान्ह गरेको पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका निर्वाचन पर्यवेक्षकहरुले शान्तिपूर्ण रुपमा चुनाव भइरहेको बताएका छन् ।  पत्रकार सम्मेलनमा पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन ०७९ का पर्यवेक्षक कल्याणकुमार श्रेष्ठले...

सम्बन्धित सामग्री

न्युयोर्कको आजको प्राइमरी चुनावमा नेपाली अमेरिकनहरु पनि उल्लेख्य रुपमा सहभागी

न्युयोर्क राज्यमा मंगलबार संघीय संसदको तल्लो सदन र राज्यको सिनेटका लागि भएको प्राइमरी चुनावमा नेपाली मूलका अमेरिकनहरुले पनि उत्साहजनक मतदान गरेका छन् । निर्वाचन क्षेत्रको पुन बर्गिकरणले पछि सरेको प्राइमरीमा आज नेपाली अमेरिकनहरुले समेत मतदानमा भाग लिएका हुन् । संसदीय क्षेत्रको नयाँ नक्साका कारण लामो समयदेखि न्युयोर्क शहरका डेमोक्रेटिक सांसदहरु जेरी नाडलर र क्यारोलिन मालोनी […]

मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

चितवन । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन कार्यमा उत्साहजनक सहभागिता देखिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले असार १ गतेदेखि सुरु गरेको नामावली सङ्कलन कार्यमा नयाँ नाम दर्ता गर्न आउनेको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । एक सातामा जिल्लाका एक हजार ८०५ ले मतदाता नामावलीमा नाम दर्ता गराएको […]

कैलालीमा तीन घण्टामा ५८ हजार मत खस्याे

धनगढी: कैलालीका १३ स्थानीय तहमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ। ९१ हजारभन्दा बढी मतदाता रहेको जिल्लामा करिब ५८ हजार मतदाताले मतदान गरिसकेका छन्। कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार मतदाताको सहभागिता उत्साहजनक रुपमा बढेसँगै मतदान सुरु भएको तीन घण्टाको अवधिमा ५८ हजार मतदाताले मतदान गरिसकेको बताए। मतदानस्थल र मतदान केन्द्रमा मतदाताको उल्लेख्य सहभागिता देखिएको मतदान अधिकृतहरुको भनाइ छ। मतदानका लागि पुरुष, महिला र अपाङ्ग लगायत अशक्तहरुका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था

काँग्रेस राजनीतिमा युवा पुस्ताको आकर्षण

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत विभिन्न चरणका अधिवेशन चलिरहँदा युवाको सहभागिता देशभरि उत्साहजनक रूपमा देखिएको छ । काँग्रेसको वडा नेतृत्वदेखि केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मको निर्वाचन हुँदै गर्दा युवाको उल्लेख्य प्रतिनिधित्व देखिएको छ ।