काँग्रेस राजनीतिमा युवा पुस्ताको आकर्षण

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत विभिन्न चरणका अधिवेशन चलिरहँदा युवाको सहभागिता देशभरि उत्साहजनक रूपमा देखिएको छ । काँग्रेसको वडा नेतृत्वदेखि केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मको निर्वाचन हुँदै गर्दा युवाको उल्लेख्य प्रतिनिधित्व देखिएको छ ।