देश दुई दलीय प्रणालीमा गइसकेको ओलीको दाबी, नेपाली कांग्रेस वडामा पनि एक्लै लड्न सक्दैन

वैशाख ३०, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश दुई दलीय प्रणालीमा गइसकेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको पनि दाबी गरेका छन् । शुक्रवार स्थानीय तह निर्वाचन २०७९ को अवसरमा भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मतदान केन्द्रबाट भोट हाल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रधानमन्त्री देउवाले गत वैशाख ९ गतेसम्म पनि औपचारिक रुपमा वैशाख ३० बाट चुनाव सार्ने प्रस्ताव गरेको बताएका छन् । उनले आफ्नो अस्वीकारले सहमति नमिलेपछि चुनाव तोकिएकै समयभित्र भएको बताए । अध्यक्ष ओलीले देश मुलतः दुई दलीय प्रणालीतर्फ गएको भन्दै दुई दलीय प्रणालीमा एकातर्फ एमाले र अर्कोतर्फ काँग्रेसहितका दलहरु रहेको बताए । अध्यक्ष ओलीले नेपाली काँग्रेस पार्टी अब वडा तहमा समेत एक्लै लड्न नसक्ने स्थितिमा रहेको पनि दाबी गरे । अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागीता उल्लेख्य र उत्साहजनक रहेको बताए । उनले केही स्थानमा लोकतन्त्रको मूल्य मान्यता विपरित गठबन्धनले आक्रमणका घटनाहरु गरिरहेको पनि बताए । अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) तर्फ लक्षित गर्दै अहिले पनि केही स्थानमा २०६४ मा झैँ बुथ कब्जा गरेर जित्नका लागि विभिन्न आक्रामक गतिविधि गरिरहेको आरोप लगाए । उहाँले नेपाली काँग्रेस र नेकपा माओवादीले यस्ता अवाञ्छित गतिविधि गरिरहेको उनको भनाइ छ । स्थानीय तहको निर्वाचन आज देशभर एकसाथ भइरहेको छ । आम मतदातादेखि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आफ्नो स्थानीय तहमा पुगेर मतदान गरिरहने क्रम चलिरहेको छ । 

सम्बन्धित सामग्री

देश पूँजीपतिको हातमा जाँदैछ : शेखर कोइराला

वीरगंज : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वीरगंजको एक कार्यक्रममा देश पूँजिपतिहरुको हातमा गइरहेको ध्यानाकर्षण गराएका छन्। नेपाली कांग्रेस निकट नेपाल ट्रेड यूनियनसँग आबद्ध कारखाना श्रमिक संघको ७औं महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 'उद्योगपतिलाई उद्योगपति भन्न पनि लागिरहेको छ, राज्यको नीति पूँजिपतिलाई कमाउने मात्रै बनाइन्छ,जनता गरिब हुद‌ै गए,…

देश बनाउनका लागि भावना, कल्पना र सपना आवश्यक छ : रामचन्द्र पौडेल

काठमाडौं :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिने बताएका छन्।उनले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताएका हुन्।बिहीवार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली कांग्रेस र साहित्य विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताए।उनले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जगाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने जिकिर गरे।कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको

मेरो व्यक्तिगत स्वार्थ छैन, देश विकासका लागि राजनीति गरेको हुँ : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन्। नेपाली कांग्रेस व्यास नगर समितिले आइतबार दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर...

मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो: नेता पौडेल

काठमाडाैँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन्। नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गरे। ‘मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो’, वरिष्ठ नेता पौडेलले भने,’राष्ट्रका […]

निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भाेट दिए देश बर्बाद हुन्छ: लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई भाेट दिए देश बर्बाद हुने टिप्पणी गर्नुभएको छ । राप्रपाले आज (शुक्रबार)  काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा पुराना पार्टीलाई मत दिएर गल्ती नदोहोर्याउन आग्रह समेत गर्नुभएकाे छ । अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको […]

कांग्रेस र कम्युनिष्टले अवसर पाएर पनि देश बनाएनन्ः लिङ्देन

कपिलवस्तु– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु पश्चात्ताप गर्नुपर्ने सिवाय केही नहुने बताएका छन्। अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई चुनावमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गरे। कपिलवस्तुको वाणगंगास्थित बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उक्त दाबी […]

राप्रपाले अवसर पाए पाँच वर्षमै देश बनाउँछ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवाले अबको कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेपाली कांग्रेसका नेताहरुलाई चुनौति दिएका छन् ।शनिवार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ््देनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले कति समयमा देश […]

नेपाली कांग्रेस बाँझो खेत जस्तै हो : केपी ओली

विराटनगर : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बाँझो खेत जस्तै भएको टिप्पणी गरेका छन्। एमालेले बुधबार रंगेलीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस सुख्खा परेको बाँझो खेत जस्तै रहेको बताएका हुन्।  उनले कांग्रेसले जित्दा बुढाबुढीलाई भोकभोकै मार्ने बताउँदै उनले कांग्रेसले जेष्ठ नागरिकलाई नसम्झने बताए। कांग्रेसले एमालेको विरोध गरेर जनता अल्मल्याएर भ्रम पारेको आरोप लगाउँदै उनले उनले भने,‘त्यो जमाना गयो, अब जनता अलमलिने जमाना छैन।’

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : नेता सिंह

काभ्रेपलाञ्चाेक – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसदबाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।  काभ्रेपलाञ्चोकको धुलिखेलमा आज बिहीवार आयोजित नेपाली कांग्रेस काठमाण्डाै जिल्ला कार्यसमितिको ५० औँ बैठकमा उहाँले अरू पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको जनाउनुभयो । आम नेपाली जनताको चाहनाअनुसार सबै दलले देश र जनतालाई केन्द्रमा राखेर देश र जनताको हित हुने गरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प...